प्रदेश २ः श्रीमान विदेशमा हुँदा महिलासँग प्रेम, भगाएर बिहे गर्न भनेपछि साथीसँग मिलेर हत्या !
सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई बिहे गर्न (भगाउन) बारम्बार दबाब दिँदै आएकी थिइन् ।

२०७८ माघ १ शनिबार, राति ८:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । दलित महिलाको विभत्स तरिकाले हत्याको गरेको आरोपमा प्रहरीले तीन जना आरोपितलाई सार्वजनिक गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका स्थित ईलाका प्रहरी कार्यलयले आज (शनिवार) घटनामा संलग्न एकै गाउँका तिनै जना साथीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
बरहथवा नगरपालिका वडा नमबर १० कटानी टोल बस्ने सुरत राम महराको श्रीमती वर्ष ३२ की सावित्री कुमारी महरा को हत्यामा संलग्न हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षीय सन्तोष साह, सोही ठाउँ निवासी २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई सार्वजनिक गरेको हो ।
गत पुष १७ गतेका दिन विरगंज औषधी उपचार गराउन जान्छु भनि घरबाट निस्केकी महिलाको एक हप्तापछि गत पुस २३ गते विहान सोही वडा स्थित राम छविला साहको उखू खेत भित्र महिलाको शवको केही भाग जलेको अवस्थामा निर्वस्त्र फेला परेको थियो ।
ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी उमा शंकर यादवल का अनुसार घटनाको सुक्ष्म अनुसन्धान गर्र्दै जादा मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता प्रेमसम्बन्ध रहेको रहस्य खुलेको जानकारी दिए । मृतक महिलाको श्रीमान विगत लामो समयदेखि वैदेशिक रोजगारमा रहेका छन ।
सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई बिहे गर्न (भगाउन) बारम्बार दबाब दिँदै आएकी थिइन् ।
विवाहित सन्तोषले भगाउन नसक्ने भएका कारण अवैध सम्बन्ध लुकाउन गाउँकै दुई साथीहरुलाई केही पैसा दिने लोभसमेत देखाएर हत्याको योजना बनाएको प्रहरीले जनाएको हो।
वैदेशिक रोजगारीका लागि श्रीमानले पठाएको १० लाख रुपियाबाट घडेरी किन्ने सोचमा रहेकी मृतक महिलालाई आफनै बुबाको माध्यमबाट दलाल संतोष संग चिनजान भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा घटनामा उनीहरुको संलग्नता पाइएको डिएसपी उमा शंकर यादवले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाईकल तथा घटनास्थलबाट बरामद भएको सामाग्री समेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको थियो।
जग्गा किन्न भनेर मृतक महिलाले सन्तोषलाई २ लाख बैना समेत दिएकी थिइन्। यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाई छ ।
त्यसपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए। मृतक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ ।
जलाएको अवस्थामा मृत लाश फेला परेको ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकारी प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…