बीरगँज राजधानी भए मात्र मधेश प्रदेश मान्यः मन्त्री शर्मा
भेलामा सबै दलका सभासदहरुको सहभागिता रहेको दावी गरिएको छ । नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा माघ २ गते टेबुल हुने र ३ गते भोटिंग हुने कार्यसूची रहेको छ ।नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभाले सभामुख सरोजकुमार रायको संयोजकत्वमा गठन गरेको विशेष समितिल

२०७८ पुस ३० शुक्रबार, बिहान ७:३७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश २ को नाम र राजधानीको ‘पेंच’ फसेको बेला वीरगञ्जलाई राजधानी र मधेश प्रदेशको नयाँ खाका तयार भएको छ ।
वीरगञ्जलाई राजधानी बनाउन विहीबार रौतहट जिल्लाको चन्द्रपुर (चन्द्रनिगाहपुर)स्थित गौतम होटेलमा भेला भएका सभासदहरुले मधेश प्रदेशमा समर्थन जनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश सरकारमा नेपाली कांग्रेसबाट खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माको लगानीमा आयोजना गरिएको भेलामा सहभागी सभासदहरुले पूर्वका सभासदहरुले मधेश प्रदेशमा सहमत नभएकाले राजधानी वीरगञ्ज र मधेश प्रदेश पारित गर्नेमा सहमति जुटेको सहभागी एकजना सभासदले जनाए ।
‘वीरगञ्जलाई राजधानी स्वीकारे मधेश प्रदेशमा समर्थन रहनेछ’ मन्त्री शर्माले भने, तर वीरगञ्ज राजधानी स्वीकार नगरिए मध्य–मधेश प्रदेशमा समर्थन हुनेछ ।प्रदेशको नामकरण र स्थायी राजधानीमा मतदानका लागि ह्वीप नलाग्ने भएकाले कांग्रेसको आधिकारिक प्रस्ताव विपरीत मतदान गरिने उनले बताए ।
प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ र र ाजधानी जनकपुरधाम नेपाली कांग्रेसले प्रदेश सभामा आधिकारिक रुपमा दर्ता गराएको छ ।तर सो पार्टीका सभासद राजेश्वर साहले वीरगञ्ज राजधानी र ‘मध्य–मधेश प्रदेश’ को प्रस्ताव दर्ता गराएका छन् । साहलाई मन्त्री शर्माको आर्थिक समेतको समर्थन प्राप्त छ । आजको जनकपुरटुडेको प्रमुख समाचार छ ।
‘मधेश प्रदेश’लाई सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अडान लिएका छन् ।त्यसमा नेकपा माओवादी केन्द्रलेपनि पूर्ण समर्थन जनाएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता रामसरोज यादव मधेश प्रदेशको कडा विरोधी रहेका छन् । कांग्रेस सभासदहरुको सक्रियतामा भएको भेलामा सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका ३० जना सभासद सहभागी भएका थिए ।
भेलामा सबै दलका सभासदहरुको सहभागिता रहेको दावी गरिएको छ । नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा माघ २ गते टेबुल हुने र ३ गते भोटिंग हुने कार्यसूची रहेको छ ।नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभाले सभामुख सरोजकुमार रायको संयोजकत्वमा गठन गरेको विशेष समितिले सहमति जुटाउन असफल भएको छ ।
सहमति जुट्न नसकेपछि दर्ता भएका सबै प्रस्तावहरु प्रदेश सभामा भोंटिगका लागि प्रस्तुत हुने सचिवालयका सचिव रञ्जित कुमार यादवले बताए । वीरगञ्जलाई स्थायी राजधानी बनाउन भन्दा पनि राजनीतिक स्वार्थपूर्तिका लागि प्रस्ताव गरिएको प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए ।
‘प्रदेश सभामा दर्ता भएको प्रस्ताव बाहेक अन्य प्रस्तावलाई समावेश गर्न सकिदैन्’ उनले भने, वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव जसपाको होइन् । भेलामा सहभागी राज्यमन्त्री यादवले वीर गञ्जलाई राजधानीको प्रस्ताव राखेर प्रदेशको नामकरण र राजधानीको निर्णय लिन अवरोध गर्न लागिएको बताएको जनकपुर टुडेको मुख्य पेजमै समाचार छ ।
‘मधेश प्रदेश र जनकपुर धामलाई राजधानी बनाउन सर्वसहमतिबाट निर्णय गरौ’ उनले भने, यस पटक नाम र राजधानी प्रदेशले पाउन नसके प्रदेश सभाका सदस्यहरु असफल मानिनेछन् । दलहरुले इमान्दारीपूर्वक प्रयास गरे प्रदेशको नाम र राजधानी दुबैको निर्णय हुन सक्ने नेकपा (एकीकृत समाजवादी)पार्टी संसदीय दलका नेता समेत रहेका उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले दलहरु लचिलो भए निर्णय संभव रहेको बताए ।
४ जिल्लाको भेलाले वीरगञ्ज राजधानीका लागि सहमति जुटाउन समिति बनाइएको छ ।भेलामा वीरगञ्ज र जनकपुर धाममा सहमति नजुटेकाले सर्लाहीको नवलपुर–चन्द्रपुर(रौतहट)बीचको भूभागमा र ाजधानी राख्नु पर्ने प्रस्ताव पनि आएको थियो । प्रदेशको नाम र राजधानी सबैको अपनत्व महसुस हुनेगरी राख्नुपर्ने कांग्रेसका सभासद राजेश्वर प्रसाद साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…