Vianet को विश्व प्रसिद्ध ओटिटीको लागी १ जीबी स्पिड इभेन्ट
भायनेटको सपोर्ट टोलीले मे २४, २०२१ मा १ जीबी परीक्षण चरण सफलतापूर्वक पूरा गर्यो । एलोफ्ट काटमाण्डौका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काठमाडौंका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो ।

२०७८ पुस २७ मंगलबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । भायनेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर महत्त्वपूर्ण बेन्चमार्क हासिल गरेको छ । यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि पनि सुखद खवर मानिएको छ ।
काठमाण्डौको एलोफ्ट होटेलमा विस्व प्रसिद्द ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो ।
नेपालभरि ब्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा. लि. ले नेपाली ग्राहक संगै अब विश्व स्तरिय ग्राहकको ध्यान समेत तानेको छ ।
बिगत लामो समय देखी भायानेट एलोफ्ट काठमाण्डौको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिदै आएको छ ।
सुरुमा, भायनेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्शन टोलीलाई एलोफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो ।
फलस्वरूप, भायनेट टोलीले प्रत्यक्ष स्विच र १० जी पोर्ट स्विच मार्फत इन्टरनेट उपलब्ध गराउने विकल्प रोज्यो । इन्टरनेट गति प्रदान गर्न प्रयोग गरिएको स्विच थियो ।
भायनेटको सपोर्ट टोलीले मे २४, २०२१ मा १ जीबी परीक्षण चरण सफलतापूर्वक पूरा गर्यो । एलोफ्ट काटमाण्डौका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काठमाडौंका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो ।
तीन महिनाको सफल परीक्षण पछि, फिल्म निर्माण टोलीले अगस्ट २०, २०२१ मा लिङ्क उपलब्ध गराउन आग्रह गरेको बताइएको छ । फिल्म निर्माण टोलीले अक्टोबर ३, २०२१ सम्म भायनेट इन्टरनेट सेवा प्रयोग गरेको थियो।
अलोफ्ट काठमाडौंका अनुसार निर्माण टोलीले ठूला फाइलहरू केन्द्रिय सर्भरमा ट्रान्सफर र गर्न १ जीबी स्पिड इन्टरनेट प्रयोग गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…