आन्तरिक राजस्व कार्यालय जनकपुरका यी कर्मचारी जो पेट बाँधेर १४ घण्टासम्म गर्छन काम
उनले भने, –“कार्यालयमा मेरो शाखामा आउने कुनै पनि सेवाग्राहीलाई हामीले निराश गरेका छैनौँ, अब पुसमै अधिक सेवाग्राहीको चापले झन थिचिएको महसुस हुन्छ । तर, सबै कागजात मिलानको लागि समय दिएर पनि मिलान गर्ने गरेको छु ।

२०७८ पुस २५ आइतबार, बेलुकी ७:३२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालयका एक कर्मचारी बिहानैदेखि अबेर रातीसम्म अहिले राजस्व सँकलन र कागज मिलानमा व्यस्त हुन्छन् ।
उनी हुन, आन्तरिक राजश्व कार्यालय जनकपुरको सँकलन शाखाका अजय प्रसाद साह रौनियार । बिहानै ७ बजे कार्यालय पुग्ने रौनियार राती अबेरसम्म कार्यालयमै काम गर्ने गर्छन् ।
पुस मसान्तमा सेवाग्राहीहरुको अधिक भीडलाई व्यवस्थापन गर्दै रौनियारले सेवाग्राहीको सुविधाकै लागि अबेर रातीसम्म काम गरी सरकारलाई सघाउने गरेको छ ।
उनी भन्छन् ,–“मेरो शाखामा मात्र पुस महिनामा सेवाग्राहीको भीड हुँदैन, यो बाह्रै महिना यस्तो भीड हुन्छ । आफू चप्पल समेत लगाएर नआउने सेवाग्राहीले सरकारलाई कर तिर्न आउँछन, उनीहरुलाई परेशानी र निरास गरेर पठाउन मन मान्दैन ।”
कार्यालयको समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म भएपनि सेवाग्राहीको सुविधालाई ध्यानमा राखी उनी बिहान ७ बजेदेखि राती १० बजेसम्म पनि काम गर्ने गरेका छन्
आन्तरिक राजस्व कार्यालय जनकपुरका डाटा ईन्ट्री सुपरभाईजर (डा.ई.सु.) पदमा कार्यरत रौनियार सरकारले लिने लक्ष्य परिपूर्तिको लागि दिउँसोको खान समेत खान भ्याउँदैनन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…