आज रामनवमी र चैत्ते दशैँ, सार्वजनिक छुट्टी
न्यूज ब्यूरो || जनकपुरधाम, ११ चैत्त । आज चैत्र शुक्ल नवमी , प्रत्येक वर्ष आजैका दिन मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको स्मणमा रामनवमी मनाईन्छ । आज ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्न

२०७४ चैत ११ आइतबार, बिहान ९:०७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, ११ चैत्त । आज चैत्र शुक्ल नवमी , प्रत्येक वर्ष आजैका दिन मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको स्मणमा रामनवमी मनाईन्छ ।
आज ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमर्ले जानकारी दिए ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका मा चैत्र शुक्ल नवमीकै दिनश्री रामचन्द्रको जन्म भएको थियो ।
विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…