इस्लामिक आतंकवाद बन्द गर भन्दै सप्तरीमा प्रदर्शन
त्यस्तै प्रदर्शनकारीहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुतला पनि दहन गरेका थिए ।

२०७८ पुस २३ शुक्रबार, बेलुकी ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ को बारा जिल्लामा छठ पर्वको दिन भएको झडपमा एक जनाको ज्यान गएपछि कारवाहीको मागसहित प्रदर्शन गरिएको छ ।
प्रदेश नम्बर २ को बारा जिल्लका राधेश्याम पटेलको हत्यारालाई कारवाहीको माग गर्दै राष्ट्रिय एकता अभियान सप्तरीमा आज विरोध प्रदर्शन गरिरहेको छ ।
जेहादी इस्लामिक आक्रमणमा पटेलको हत्या भएपछि आफन्त र अभियानले हत्यारालाई कारवाहीको माग गर्दै राजविराजको नेता चौक
विरोध प्रदर्शन गरेको हो ।
उपाध्यक्ष सुनिता साहको नेतृत्वमा भएको प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, राधेश्याम पटेलको हत्यारालाई कार्यवाही गर, इस्लामिक आतंकवाद बंद गर, मुख्यमंत्री मोहम्मद लालबाबु राउत मुर्दावादका नारा समेत लागेको थियो ।
त्यस्तै प्रदर्शनकारीहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुतला पनि दहन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…