गाउँपालिकामा तोडफोड भएको सबै समान ३ नम्बर वडाध्यक्षले चुकाउनुपर्छः नागरिक समाज
यसका साथै, कोभिड १९ को बेला भएको सम्पूर्ण खर्चको हर हिसाब पारदर्शी गर्न दबाब दिएको हो । ८० हजार रुपैयाँ पर्ने रोड लाईटको मूल्य उच्चदर वा कमिशनको चलखेल भएको भन्दै तत्कालिन अधिकृत गौरी शँकर मण्डललाई सोधपुछको लागि झिकाउनुपर्ने माग गरिएको छ ।

२०७८ पुस २२ बिहीबार, बेलुकी ७:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक गाउँपालिकामा विभिन्न समयमा तोडफोड भएको जिन्सी समानहरुको मूल्य एक वडाध्यक्षलाई चुकाउनुपर्ने अडान नागरिक समाजले राखेका छन् ।
दक्षिणी धनुषाको धनौजी गाउँपालिकाका नागरिक समाजले गाउँपालिका कार्यालयमा पटक पटक तोडफोड भएको कुर्शी, टेबुल, ढोका, डिस्पले, डिजिटल बोर्डको उचीत मूल्याँकन गरी वडा नम्बर ३ को वडाध्यक्ष रामदुलार मण्डलसँग चुकाउन माग गरेको छ ।
गाउँपालिकाका नागरिक समाजले वडा नम्बर ३ का वडाध्यक्ष मण्डलले विभिन्न समयमा तोडफोड गरेको गाउँपालिकाको सम्पतिको मूल्याँकन गरी चुकाउन माग गरेका छन् ।
गाउँपालिकाका युवा, वृद्धवृद्धा, विद्यार्थी, नागरिक समाजले गाउँपालिकाको २० लाख रुपैयाँ बजेटमा निर्माण भएको आँखा अस्पतालबाट केही उपलब्धी नभएको भन्दै अस्पताललाई सम्पूर्ण वडाको केन्द्रमा राख्नुपर्ने माग पनि राखिएको छ ।
यस्तै, आँखा अस्पतालको लागि उपलब्ध गराइएको २० लाख बराबरको जिन्सी समान कुन ठाउँमा, कहाँ र कसको जिम्मामा राखिएको छ भन्ने बारे सार्वजनिक गर्नुपर्ने अडान राखेको छ ।
आफ्नो छोरालाई प्रत्यक्ष लाभ पुरयाउने उदेश्यले आर्थिक वर्ष २०७८÷०७९ मा आँखा अस्पतालको लागि छुटयाइएको १० लाख रुपैयाँ बजेट रकम अविलम्ब रोक्नुपर्ने माग गरिएको छ ।
यसका साथै, कोभिड १९ को बेला भएको सम्पूर्ण खर्चको हर हिसाब पारदर्शी गर्न दबाब दिएको हो । ८० हजार रुपैयाँ पर्ने रोड लाईटको मूल्य उच्चदर वा कमिशनको चलखेल भएको भन्दै तत्कालिन अधिकृत गौरी शँकर मण्डललाई सोधपुछको लागि झिकाउनुपर्ने माग गरिएको छ ।
स्थानीय जगदेव यादव, राजु मण्डल, दिपक मिश्र, श्रवण पासवान, केशव कुमार साह लगायतका नागरिक समाजले गाउँपालिकाका अध्यक्ष बद्री सिँह लगायत जनप्रतिनीधिहरुलाई बोधार्थ गर्दै ज्ञापन पत्र बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…