मधेसका महानायक "सल्हेस" को पूजा परदेशमा
मनोज पासमान || साउदी, १० चैत्त । मधेसको महानायकको रुपमा प्रसिद्ध देवता सल्हेको पूजा विदेशमा बस्ने नेपालीहरुले भव्यताका साथ मनाउन तयारी थालेका छन् । आउदो नव वर्षलाइ स्वागत एवं ब्यबहारिक दृष्टिकोणबाट मनाउन अग्रिम कार्यक्रमहरु विभिन्न सरकारी गैरसरकारी संस्थाहरूबाट तयारी भैरहेको जनाइएको छ । दुर्गानन्द प

२०७४ चैत १० शनिबार, दिउँसो ४:२० बजे१ मिनेट पढाइ

मनोज पासमान ||
साउदी, १० चैत्त । मधेसको महानायकको रुपमा प्रसिद्ध देवता सल्हेको पूजा विदेशमा बस्ने नेपालीहरुले भव्यताका साथ मनाउन तयारी थालेका छन् ।
आउदो नव वर्षलाइ स्वागत एवं ब्यबहारिक दृष्टिकोणबाट मनाउन अग्रिम कार्यक्रमहरु विभिन्न सरकारी गैरसरकारी संस्थाहरूबाट तयारी भैरहेको जनाइएको छ ।
दुर्गानन्द पासमानको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न गाउँ ठाउँ तथा जिल्लाहरुबाट कतारमा एकत्रित भएका परिवर्तनशिल नेपालिहरुको समूह ूसल्हेश सेवा समाजूले उक्त कार्यक्रम नया ढंगले मनाउन विभिन्न तयारी थालिसकेको जानकारी गराइएको हो।
नव बर्ष को पहिलो दिन नेपाली एवं भारतीय परम्परा अनुसार सत्तुवाइन मनाइने गरिन्छ भने दोश्रो दिन जुड सितल मनाइने गरिन्छ। उक्त दोश्रो दिन नै सल्हेश पुजा पनि आरम्भ हुन्छ।
छुट्टै इतिहास बोकेका सल्हेश पुजा मा मुख्य देवता सल्हेशको पुजा अर्चना गरिन्छ। सल्हेशूदुसाध९पासवान०जातिको कूल देवताको रूपमा चिनिन्छ। उक्त पुजाको दिन देश भरका ठाउहरुमा भव्य मेका आरम्भ गरिन्छ। जसमा नाचगान,गाजाबाजा सहित धुमधाम गरिन्छ।
सल्हेश मेलामा उक्त समितिले आफ्नो सेवा समितिको कार्यकर्ता सहित सघाउने तथा आफ्नो छुट्टै स्वयंसेवक खटाइ क्लबको समिती फैलाउने उद्देश्य सहित कार्यक्रम कतारको ग्रान्ड मलमा गरिएको जनाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…