अवार्डको लागि काबिल नभएपछि तेस्रो दर्जाका गायकले गरे अवार्ड कार्यक्रमको विरोध
उही, मिथिला कला सँस्कृतिमाथि ठाडो प्रहार गरी दोहोर अर्थपछि सिँगल अर्थको गीत गाउने सन्नु कुमारले आफ्नो फोटो पोष्टरमा नराखेको भन्दै विरोध जनाएका छन् । उनको गीतलाई किशोर वर्गले मन पराएपनि उनलाई तेस्रो दर्जाको गायकको रुपमा चिनिन थालेको छ ।

२०७८ पुस १६ शुक्रबार, बिहान ८:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीमा हुन गईरहेको भरत फिल्म्स म्युजिक अवार्ड कार्यक्रमलाई तेस्रो दर्जाको गायको रुपमा चिनिने केही गायक अवार्ड कार्यक्रमलाई विरोध गर्न थालेका छन् ।
भरत फिल्म्स म्युजिक अवार्डले सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर स्थित होटल केशरी प्योर रिसोर्टमा शुक्रबार (आज) आयोजना गर्न लागेको म्यूजिक अवार्ड कार्यक्रमलाई प्रभावित गर्न तेस्रो दर्जाका गायक एकवद्ध भएका छन् ।
भरत फिल्ममा काम गर्ने कलाकारहरुलाई मात्र लक्षित गरी आयोजना गर्न लागिएको अवार्ड कार्यक्रममा आफूहरुलाई नबोलाएको भन्दै कपि पेष्ट गायक भनिने सन्नु कुमार लगायतका गायकहरुले विरोध जनाउँदै कार्यक्रम गर्न नदिने धम्की दिएका छन् ।
आयोजक भरत फिल्मका अध्यक्ष भरत साहले भरत फिल्ममा काम गर्ने कालाकारलाई मात्र लक्षित गरी कार्यक्रम गर्न लाग्दा केही कलाकारहरुले विरोध जनाउन लागेको बताए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै अध्यक्ष साहले मिथिलाको सँस्कृति, सम्मान कायम राख्न आफ्नो योग्दान दिएका कलाकारलाई मात्र लक्षित गरी अवार्ड कार्यक्रम गर्न लागेको बताए । उनले भने,–“जो कलाकार मिथिलाको सँस्कृतिमाथि नै प्रहार गरी थर्ड क्लासको शब्दमा गीत गाउँछन् उनीहरु यस लायक मानिदैन ।”
यो सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान नेपाल जिल्ला कार्य समिति धनुषाका अध्यक्ष एवम् श्रष्टा गायक मानिने रुद्रसेन विश्वकर्माले अवार्ड कार्यक्रमको विरोधको कुनै तुक नरहेको बताएका छन् ।
“अवार्डका अनेक बिधा हुन्छन्, तिमीके अवार्ड गर्यौ भने मलाइ नै दिने त ? होइन पहिले, फोरम आउट गर्ने टाइम पछि नोमिनेसनमा पर्ने हरुको नाम सार्वजनिक गरिने पश्चात, वास्तविक हकदारलाई दिने हो नी ।”– उनले भने ।
उनले अवार्ड जस्तो गरिमामय सम्मानलाई बेईज्जत गर्न कसैलाई छुट नभएको बताए । गीतहरु कोपी गरेर, म्यूजिक कोपी गरेर छाडा गीत गाउनेहरुको दबदबाले आमाछोरीले मिथिलामा मुख लुकाएर हिडनुपर्ने अवस्था तेस्रो दर्जाका गायकहरुले सृजना गरेको बताए । उनीहरु यसको हकदार नभएको सुनाए ।
सोही ठाउँमा मैथिली फिल्म मधेशी पुत्र लगायतका कलाकारहरुलाई सो अवार्ड कार्यक्रमको लागि योग्य मानिएको भरत साहले बताए । मैथिली कला सँस्कृतिमा योग्दान दिएको मिथिला क्षेत्रको कलाकारलाई सम्मान सहित अवार्ड प्रदान गरिने बताइएको छ ।
उही, मिथिला कला सँस्कृतिमाथि ठाडो प्रहार गरी दोहोर अर्थपछि सिँगल अर्थको गीत गाउने सन्नु कुमारले आफ्नो फोटो पोष्टरमा नराखेको भन्दै विरोध जनाएका छन् । उनको गीतलाई किशोर वर्गले मन पराएपनि उनलाई तेस्रो दर्जाको गायकको रुपमा चिनिन थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…