काँग्रेस निर्वाचन समितिले यादव लाई षडयन्त्रपूर्वक हराए
आफूलाई विजयी घोणणा भएको प्रमाणपत्र नदिए निर्वाचन समितिले लोकतान्त्रिक मुल्य मान्यतामै उभिएको नेपाली कांग्रेसको साखमाथि नै दाग लाग्ने भन्दै यसमा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

२०७८ पुस ११ आइतबार, बिहान ७:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महामन्त्री पदका प्रत्याशी नरेश यादवले निर्वाचन समितिले षडयन्त्र गरेको आरोप लगाएका छन् ।
जनकपुरधाम स्थित जिल्ला पार्टी कर्यालय धनुषामा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने,‘निर्वाचन अधिकृतले एक पटक मलाइ विजयी घोषणा गरेर फेरि १२ प्रकारको लफ्डा लगाउनुले निर्वाचन समितिले षडयन्त्रपूर्वक योजनाबद्ध रुपमा आफूलाई पराजित गरेको पुष्टि भएको छ।’
निर्वाचन समितिले विहीबार एक पटक महामन्त्रीमा नरेश यादवलाई घोषण गरे पनि केहीबेर पछि नै उनका प्रतिद्वन्द्वी वृहस्पति कृष्ण श्रेष्ठलाई महामन्त्रीमा विजयी भएको घोषणा गरेको थियो ।
विजयी घोषणा गरेर प्रमाणपत्र दिई सकेको अवस्थामा नरेशले परिणाम अस्वीकार गरेपछि समितिको नियतमाथि प्रश्न उठेको बताउंदै नरेश यादवले जसरी पनि मलाइ विजयी घोषणा गर्नु पर्छ भन्ने माग अघि सारे ।
समितिको क्रियाकलाप लोकतान्त्रिक मूल्य मान्यता विपरित रहेको जिकिर गर्दै उनले भने,‘विजयी घोषणा भइसकेको उम्मेदवारलाई पुनः पारजित गर्न सक्ने निर्वाचन समितिले १५÷२० घण्टा मतपेटिकालाई कब्जामा राखेर जे सुकै पनि गर्न सक्छ त्यसैले पुनःमतगणनाको पनि कुनै अर्थ छैन।’
नरेशका अनुसार उनी ७ सय २४ मतका साथ दोस्रो स्थान ल्याएर विजयी भएका थिए भने वृहस्पतिले मात्रै ७ सय २१ मत ल्याएका थिए ।
नरेशलाई पराजित भएको घोषणा भइसकेपछि निर्वाचन समितिले उनलाई विजयी घोषणा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।
जबकि निर्वाचन समितिले एक कोठाको मत जोड्न नपाउंदै नरेशलाई विजयी घोषणा गरिएको र त्यो आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेको छ ।
निर्वाचन समितिका अनुसार महामन्त्रीमा उपेन्द्रकुमार यादव ९ सय ५९ र वृहस्पतिकृष्ण श्रेष्ठ ७ सय ८८ मत प्राप्त गरी विजयी भएका छन् भने नरेशले ७ सय ७५ मत प्राप्त गरेका छन् ।
यता, नरेशले ३ वटै कोठाको मत जोडेर मात्रै आफूलाई विजयी घोषणा गरिएको दाबी गर्दै भने ‘म विजयी भएको छु, आफूलाई विजयी भएको प्रमाणपत्र निर्वाचन समितिले दिनै पर्छ ।’
आफूलाई विजयी घोणणा भएको प्रमाणपत्र नदिए निर्वाचन समितिले लोकतान्त्रिक मुल्य मान्यतामै उभिएको नेपाली कांग्रेसको साखमाथि नै दाग लाग्ने भन्दै यसमा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…