जनकपुरः काँग्रेस महाविधेशन स्थलमै नीधि र देउवा पक्षबीच कुटाकुट
यही विवादले उग्र रुप लिएपछि प्रदेश अधिवेशनमा सहभागी दुवै पक्षका प्रतिनिधिबीच कुटाकुट भएको छ।

२०७८ पुस ७ बुधबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशनको त्रममा जनकपुरधामस्थित दुई पक्षबीच कुटाकुट भएको छ ।
प्रदेश नम्बर २ को नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनको क्रममा प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित बुधबार अपरान्ह कुटाकुट भएको हो ।
कांग्रेसको प्रदेश कार्य समितिको पहिलो अधिवेशनका क्रममा बिमलेन्द्र नीध र शेरबहादुर देउवा पक्षबीच कुटाकुट भएको हो ।
निर्वाचनस्थल गोपाल धर्मशालामा अपरान्ह करिब ५ बजेको समयमा दुई पक्षधरहरुबीच कुटाकुट भएको हो ।
प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन् भने नीधिले रामसरोज यादवलाई अगाडी सारेका छन् ।
रामसरोज यादवले निधि तथा डा. शेखर कोइरालाको साथ पाएका थिए। यस्तोमा दुवै पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै मुक्का हानाहान भएको हो।
अधिवेशन जारी रहँदा निधि पक्षले बुधबार रातिसम्म मतदान सक्नुपर्ने अडान लिएको छ। उता, देउवा पक्षले भने रातिको समयमा मतदान नगराउन अडान लिएको छ।
यही विवादले उग्र रुप लिएपछि प्रदेश अधिवेशनमा सहभागी दुवै पक्षका प्रतिनिधिबीच कुटाकुट भएको छ।
रामसरोज प्रदेश २ कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् भने कृष्ण यादव भने पार्टीको रौतहट जिल्ला सभापति।
दुई पक्षबीचको कुटाकुटका क्रममा अहिले अधिवेशनस्थल तनावग्रस्त भएको छ। प्रदेश २ को अधिवेशन आफ्नो पक्षमा पार्न देउवाले बालकृष्ण खाँणलाई पठाएका छन्। उता, शेखर पक्षबाट गगन थापासहितका नेता पनि त्यहाँ पुगेका छन्।
दुई पक्षबीच बन्द पर्खालबीच कुटाकुट हुँदा मोटो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी र जनपद प्रहरी मोटो सँख्यामा परिचालन गरी तत्कालै स्थिति नियन्त्रणमा लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…