विद्यालयमा राजनीति गर्न नदिन एउटै नगरपालिकाको १२५ शिक्षकको सरुवा
महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन् ।

२०७८ पुस ४ आइतबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को वीरगँजमा एकै पटक १ सय २५ जना शिक्षकको सरुवा र पदस्थापन गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको हो ।
महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।
महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन् ।
विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…