काँग्रेसको मधेशी सहमहामन्त्रीमा यादव विजयी
देउवा पक्षबाट मधेशी कोटाबाट यादव सहित खस आर्य तर्फ किशोर सिँह राठौर, मुस्लिम तर्फबाट फर्मुल्ला मन्सुर, थारुबाट उमाकान्त चौधरी, महिला तर्फ डीना उपाध्याय र आदीवासी जनजातीतर्फ भीष्मराज आङदम्बे निर्वाचित भएका छन् ।

२०७८ पुस २ शुक्रबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट मधेशी कोटाबाट महेन्द्र यादव सहमहामन्त्रीमा विजयी भएका छन् ।
देउवा पक्षबाट काँग्रेसको सह महामन्त्रीमा उम्मेदवारी दिएका यादवले अधिक मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी रामकृष्ण यादव सहमहामन्त्रीमा पराजित भएका छन् ।
देउवा पक्षबाट मधेशी कोटाबाट यादव सहित खस आर्य तर्फ किशोर सिँह राठौर, मुस्लिम तर्फबाट फर्मुल्ला मन्सुर, थारुबाट उमाकान्त चौधरी, महिला तर्फ डीना उपाध्याय र आदीवासी जनजातीतर्फ भीष्मराज आङदम्बे निर्वाचित भएका छन् ।
यस्तै, कोईराला पक्षबाट सहमहामन्त्रीको लागि दलित कोटाबाट जीवन परियारर पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…