रौतहट बोले "पिया - पिया", तताए चन्द्रपुर
न्यूज ब्यूरो || रौतहट : रौतहटको चन्द्रपुर महोत्सव २०७४ मा गायत प्रमोद पियाको चर्चा निकै चलेको छ । चन्द्रपुर महोत्सव २०७४ मा युवा एवम् मधेसका चर्चित युवा गायक प्रमोद पिया ले मञ्चमा चढेपछि दर्शक माझबाट एउटै आवाज आउँन थाल्यो : पिया पिया । हो, निकै कम समयमा बहुचर्चित हुन पुगेका गायक प्रमोद पियाको गीत रो

२०७४ चैत ८ बिहीबार, दिउँसो १२:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
रौतहट : रौतहटको चन्द्रपुर महोत्सव २०७४ मा गायत प्रमोद पियाको चर्चा निकै चलेको छ ।
चन्द्रपुर महोत्सव २०७४ मा युवा एवम् मधेसका चर्चित युवा गायक प्रमोद पियाले मञ्चमा चढेपछि दर्शक माझबाट एउटै आवाज आउँन थाल्यो : पिया पिया ।
हो, निकै कम समयमा बहुचर्चित हुन पुगेका गायक प्रमोद पियाको गीत रोजो बईठेले पझारी सबसे नूक, ई कलास मे चालाबे फेशबूक हो, नाही देबे ध्यान कबो बूक पर , बिजी रहे छौरे खाली फेशबूक पर । गाएपछि नृत्याँगना सहित सम्पूर्ण दर्शकलाई निकै झुमाए ।
वर्तमान समाजिक अवस्थालाई दर्साउँदै प्रमोद पियाले गाएको ती गीतको बोल अहिले महोत्सवमा मात्र होइनन की त्यो क्षेत्रमा सबैमा मुखबाट गुनगुनाउने गरिएको छ ।
यस्तै, अर्को गीत हामरा के छोरी कईलु दोसरा से सादी , खुश बारु हामराके कके बरबादी , कईले रहु वादा तोहर बनब जानाना, ए पुष्पा हो , दरद सहेनाही पईले दिवाना प्रमोद पिया गावता गाना गीतको बोलले धम्माल नै मच्चाएको छ ।
भोजपुरी भाषाको यो गीतको गीतकार दिपेन्द्र सहनी र विपिन यादव हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…