भारतीय प्रधानमन्त्री मोदीकै ट्वीटर अकाउण्ट ह्याक, सरकार एक्सनमा
केही समयपछि उक्त ट्वीट पनि डिलिट गरिदियो । तर, तबसम्म स्क्रीनसट समाजिक सँजालमा भाइरल भईसकेको थियो । करिब एक घण्टापछि ३ बजेर १८ मिनेटमा प्रधानमन्त्रीले अधिकारिक ट्वीट गर्दै आफ्नो अकाउण्टसँग दुर व्यवहार भएको थियो ।

२०७८ मंसिर २६ आइतबार, बिहान ८:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो । विश्वको चर्चित नेता मध्ये एक रहेका छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अधिकारिक ट्वीटर अकाउण्ट ह्याक भएको छ ।
मोदीको ट्वीटर अकाउण्ट ह्याक भए लगत्तै अहिले भारत सरकार एक्सनमा आएको छ । अकाउण्ट कसले ह्याक गरेको छ ? यसको जाँचको लागि सरकारको लेटेस्ट टेक्नोलोजीको प्रयोग जारी राखिएको छ ।
स्रोतका अनुसार, सिईआरटी–ईन CERT-IN लाई यो काममा लगाइएको छ । उनीहरुले ह्याकिँग श्रोतको पत्ता लगाउने कार्य निरन्तर जारी राखेको बताइएको छ ।
श्रोतका अनुसार, केन्द्र सरकार यो कुरा बुझनको लागि एक्सनमा आएको छ । यसको पछाडी को रहेको छ र कसको हात छ भनेर निरन्तर प्रयास जारी राखिएको छ । यसको लागि सरकारले ईण्डियन कम्प्यूटर इमरजेन्सी रिस्पोन्स टिम अर्थात CERT-IN को टिमलाई काममा लगाएको छ ।
सिईआरटिएन इन केन्द्र सरकारको एजेन्सी छ जो की मिनिस्ट्री अफ इलेक्ट्रोनिक्स एण्ड ईन्फोरमेशन टेक्नोलोजीको अधिनमा काम गर्ने गरिन्छ । यो सँस्थाले भारत सरकारको कुनै ह्याकिँग वा फिसिँग जस्तो साईबर खतराबाट सुल्झाउनु हो । यो एजेन्सी भारतीय इन्टरनेट डोमेनको सुरक्षा सम्बन्धी काम समेत देख्ने गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अधिकारिक ट्वीटर हैँडर @narendramodi अबेर राती ह्याक भएको बताइएको छ । गएराती २ बजेर ११ मिनेट (भारतीय समय) मा एक ट्वीट गरियो, जसमा दाबी गरिएको छ की–“भारतले अधिकारिक रुपमा बिटक्वाईनलाई कानुनी मान्यताको मन्जुरी दिएको छ र सरकार पनि ५०० बिटक्वाईन खरिद गरी सर्वसाधारणमा बाडँदैछ ।”
यद्यपी, यो ट्वीट २ मिनेटपछि नै डिलिट गरिदियो र फेरी २ बजेर १४ मिनेटमा पनि यस्तै प्रकारको टवीट गरिएको पाइएको छ ।
केही समयपछि उक्त ट्वीट पनि डिलिट गरिदियो । तर, तबसम्म स्क्रीनसट समाजिक सँजालमा भाइरल भईसकेको थियो । करिब एक घण्टापछि ३ बजेर १८ मिनेटमा प्रधानमन्त्रीले अधिकारिक ट्वीट गर्दै आफ्नो अकाउण्टसँग दुर व्यवहार भएको थियो ।
यस सम्बन्धमा ट्वीटर कम्पनीलाई समेत जानकारी दिएको जानकारी गराइएको छ । प्रधानमन्त्री मोदीले त्यस अवधीमा भएको अनाधिकृत ट्वीटलाई नजरअन्दाज गर्नुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…