नेतृ जुली महासेठले रामसीता मटकोरमा पैसा लुटाएपछि चौतर्फी आलोचना 

२०७८ मङ्सिर २२ बुधबार
बिहान ०८:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेकी नेतृ जुली महासेठले रामजानकी मटकोर कार्यक्रममा पैसा लुटाएपछि चौतर्फी आलोचना भएको छ । 

एमालेकी केन्द्रीय सदस्य जुली महतोले मंगलवार गंगासागरमा आयोजित मटकोर विधिमा पैसा लुटाएको भन्दै व्यापक आलोचना गरिएको छ ।

अन्य समय जनकपुरधाममा आउँदा सर्वसाधारण संग पुरा मुख नबोल्ने केन्द्रीय सदस्य महतो भने आगामी चुनावलाई मध्यनजर गर्दै सर्वसाधारणको बीच गई पैसा लुटाई रहेको देखिएको छ ।

स्थानीय पत्रकार विजय साह भन्छन्–‘जुली महतोज्यू, यो बार डान्सर वा नर्तकी होइनन् । विवाह पञ्चमीको इतिहासमा यस्तो दृश्य देखिएको थिएन । तपाईंले बार डान्सर वा गायकलाई टिप्स दिदा यसरी पैसा छर्केर दिनु भएको होला । तरिका मन परेन । मान्छु तपाईंसँग धेरै पैसा छ ।’

नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री रघुविर महासेठकी श्रीमती तथा उद्योग पति उपेन्द्र महतोकी बहिनी जुलीले पैसा लुटाई रहेको दृश्यले धेरैले आलोचना गरेका छन् ।

सीताराम महोत्सवमा प्रत्येक बर्ष जनकपुरधामवासीले धूमधाम तथा हर्षोउल्लासका साथ मनाउने गरेका छन् । तर, यस्तो दृश्य भने आज सम्म नदेखिएको जनकपुरधाम उप– महानगरपालिका–१ बस्ने विन्देश्वर साह बताउँछन् । 

यो हाम्रो संस्कृति होइन्, काठमाण्डूको होटल, रेष्टुरेन्टको संस्कृति हुन सक्ने भन्दै उनले आक्रोश पोखेका छन् । उनले भने–‘चुनावको अग्रीम तयारी हुँदैछ, तर हाम्रो संस्कृति र परम्परालाई मानमर्दन गर्ने कार्य स्वीकार्य हुँदैन् ।’

सोही सँगै समाजिक सँजालमा सधैँ चर्चामा रहने भीम उपाध्यायले पनि जुली महासेठको त्यो अवतारालाई आलोचना गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 95%
  • 0%
  • 5%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७८ मङ्सिर २२ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus