धनुषाधाम नपाको न्यायकि समितिमा महतो र सिँह
विनय कुमार यादव || धनुषा, ८ चैत्त । धनुषाको धनुषाधाम नगरपालिकामा बसेको कार्यपालिकाको बैठकबाट न्यायिक समिति चयन गरिएको छ । नगर प्रमुख बालेश्वर मण्डलको अध्यक्षतामा मँगलबार बसेको कार्यपालिकाको बैठकबाट न्यायकि समितिमा ईन्द्र कुमार महतो र रामचन्द्र सिँहलाई चयन गर्ने बहुमतले पारित गरिएको छ । कार्यपालिकाको

२०७४ चैत ८ बिहीबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
धनुषा, ८ चैत्त । धनुषाको धनुषाधाम नगरपालिकामा बसेको कार्यपालिकाको बैठकबाट न्यायिक समिति चयन गरिएको छ ।
नगर प्रमुख बालेश्वर मण्डलको अध्यक्षतामा मँगलबार बसेको कार्यपालिकाको बैठकबाट न्यायकि समितिमा ईन्द्र कुमार महतो र रामचन्द्र सिँहलाई चयन गर्ने बहुमतले पारित गरिएको छ ।
कार्यपालिकाको बैठकमा विभिन्न बुंदाहरु उपर छलफल गर्दै महतो र सिँहलाई बहुमतले पारित गरी न्यायिक समितिमा राख्ने निर्णय गरिएको हो ।
नगर प्रमुखले नै सुनाएको ती बुँदाहरु उपर वृहत छलफल गर्दा बजार अनुगमन र निर्देशिका छलफल पारित सम्बन्धमा समेत भएको छलफलबाट सर्वसहमतिले पारित गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…