आफ्नो मोबाईल चार्ज गर्दा यी कुरामा ध्यान दिनुहोस्, ब्याट्री चलिरहन्छ
धेरै चार्ज गर्दा ब्याट्रीको कार्य क्षमतामा ह्रास त आउँछ नै, मोबाइलको लिथियम ब्याट्री तात्तिँदा सयभन्दा बढी खतरनाक ग्यास उत्पन्न हुने विभिन्न अध्ययनले बताएका छन् ।

२०७८ मंसिर २० सोमबार, बिहान ७:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तपाईंको स्मार्टफोनको ब्याट्रीको आयु सधैं एकनाशको हुँदैन । समयअनुसार यसको क्षमता घट्दै जान्छ । यसकारण ब्याट्री टिकाइराख्न राम्रो विधि जान्नैपर्छ ।
यसका लागि चार्ज गर्ने उत्तम उपाय अपनाउन सकिन्छ । सबैभन्दा राम्रो उपाय भनेको मोबाइल आंशिक रुपमा चार्ज गर्नु राम्रो बानी हो । तर छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा ब्याट्रीको आयुमा नकारात्मक असर पर्न सक्छ ।
अधिकांश स्मार्टफोनमा लिथियम ब्याट्री प्रयोग हुन्छ । नियमित रूपमा चार्ज गर्नाले यस्ता ब्याट्री धेरै समयसम्म टिक्छन् । तर चार्ज कति बेलासम्म गर्ने, कसरी गर्ने भन्ने सही ज्ञान धेरैलालाई थाहा हुँदैन ।
तपाईंको फोनलाई पूर्ण क्षमता अर्थात् १०० प्रतिशत हुने गरी कहिल्यै पनि चार्ज नगर्नुहोस् । फोनको ब्याट्री बढीमा ८० देखि ९० प्रतिशतसम्म चार्ज गर्नुहोस् र ३० देखि २५ प्रतिशतभन्दा कम हुन नदिनुहोस् ।
फोनमा ब्याट्री ५० प्रतिशतको हारहारीमा रहनु ब्याट्रीको आयुका लागि उत्तम अवस्था हो । तर धेरै प्रयोगकर्ताले फुल चार्ज हुँदासम्म पनि ब्याट्री चार्ज गरिरहने र थोरै ब्याट्री हुँदासम्म पनि मोबाइल चलाइरहने गर्छन् । यदि यस्तो बानी छ भने तुरून्त सुधार्नुहोस् ।
धेरै चार्ज गर्दा ब्याट्रीको कार्य क्षमतामा ह्रास त आउँछ नै, मोबाइलको लिथियम ब्याट्री तात्तिँदा सयभन्दा बढी खतरनाक ग्यास उत्पन्न हुने विभिन्न अध्ययनले बताएका छन् ।
अर्को महत्वपूर्ण कुरा मोबाइल चलाइरहँदा ब्याट्री तात्तिने गर्छ भने चार्ज गर्दै मोबाइल नचलाउनुहोस् । मोबाइलको ब्याट्रीका लागि बढी तापक्रम जहिल्यै समस्याको जड हो भन्नेतर्फ ध्यान दिनुहोस् ।
यसकारण चार्ज गर्दै मोबाइल चलाउँदा ब्याट्री तातिएको छैन भने कुनै खतरा हुँदैन । तर मोबाइल तात्तिन थालेको महसुस गर्नुभयो भने तुरून्त चार्जबाट निकाल्नुहोस् ।
यदि चार्ज गर्दै मोबाइल चलाउनुपर्ने अवस्था छ भने एरोप्लेन मोडमा राखेर प्रयोग गर्दा उत्तम हुन्छ । एरोप्लेन मोडले स्वतस् सेलुलर डेटा अफ गर्छ । ब्याट्री ओभरहिट हुनुमा सेलुलर डेटा पनि एक ठूलो कारण हो ।
आजकलका स्मार्टफोनमा कतिखेर फुल चार्ज हुन्छ र आइरहेको करेन्टलाई रोक्ने भनेर थाहा पाउने प्रविधि राखिएको हुन्छ । त्यसैले ब्याट्री ओभर चार्ज हुने सम्भावना रहँदैन ।
त्यस्तै ब्याट्रीको चार्ज सकिँदै गएपछि तल्लो सीमामा पुग्ने वितिक्कै स्वतः मोबाइल बन्द हुने भएकाले ओभर डिस्चार्ज पनि हुँदैन ।
यद्यपि धेरैबेर चार्जमा राख्दा फुल चार्ज हुने बितिक्कै चार्जिङ बन्द हुने भएतापनि लगत्तै डिस्चार्ज सुरु हुन्छ । मोबाइल फोन निर्माता कम्पनीहरूले सेट गरेको थ्रेसहोल्डका आधारमा पुनः चार्ज हुन थाल्छ ।
यदि धेरैबेर मोबाइल चार्ज गरिरहनु भएको छ भने मोबाइल स्वीच अफ गरी चार्जमा राख्दा राम्रो हुन्छ, ताकि ब्याट्रीमा अनावश्यक भार नपरोस् ।
त्यस्तै माथि उल्लेख गरेजस्तै धेरै समय ब्याट्री चार्ज गर्ने बानी छ भने तुरून्तै त्यागिदिनुहोस् । यसको सट्टामा तपाईंको फोनलाई दिनमा दुई पटक चार्ज गर्नुहोस्, ९ जस्तै बिहान र साँझ० ।
यसर्थ ब्याट्र चार्जिङमा यस्ता स्मार्ट तरिका अपनाउन सके तपाईंको मोबाइल र ब्याट्रीको आयु लामो समयसम्म टिक्नेछ ।
टेकपानाबाट
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…