सनि देओलको 'गदर–२' को सुटिँग सुरु, पहिलो तस्विर भयो भाईरल
उनी सामाजिक सञ्जालमार्फत भने आफ्ना प्रशंसकहरुसँग जोडिन्छिन् । अब भने उनलाई ‘गदर २’मा हेर्न पाइने भएको छ ।

२०७८ मंसिर १६ बिहीबार, बिहान ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । सन् २००१ को हिट चलचित्र ‘गदर’को सिक्वेल निर्माण भइरहेको छ । अभिनेत्री अमिषा पटेलले ‘गदर २’को फिल्म सेटको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
तस्वीरमा अमिषा सुन्तला रंगको पहिरनमा देखिएकी छन् भने अभिनेता सनी देवल रातो संगको कुर्ता पाइजामा लगाएका छन् । तस्वीर सार्वजनिक भएसँगै प्रशंसकहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।
सनी र अमिषा अभिनित ‘गदर’ २००१ मा रिलिज भएको थियो । १९ करोड भारुमा बनेको यो चलचित्रले त्यसबेला बक्स अफिसमा १३३ करोड भारु कमाएको थियो । सनी र अमिषाको जोडीलाई उक्त चलचित्रमा खुबै रुचाइएको थियो ।
अभिनेत्री अमिषा लामो समयदेखि स्क्रिनबाट टाढा छिन् । उनी सामाजिक सञ्जालमार्फत भने आफ्ना प्रशंसकहरुसँग जोडिन्छिन् । अब भने उनलाई ‘गदर २’मा हेर्न पाइने भएको छ ।
२० बर्षअघि नै भारत सहित नेपालमा समेत अधिक रुचाइएको फिल्म गदरको स्वीक्कल (दोस्रो भाग) आउन लाग्दा सनि देओलका फ्यानहरुमा उत्साह पनि बढेको छ ।
पिरियड ड्रामा मानिएको गदर–२ को सुटिँग चलिरहँदा अभिनेत्री अमिषा पटेलले जारी गरेको तस्विर अहिले समाजिक सँजालमा भाइरल बनेको छ । गदर फिल्मको डायलग र दृश्याँकन जोकोही मन पराएको थियो ।
गदर–२ को लागि सुटिँग सुरु भइसकोको छ भने यो फिल्म कहिले आउने भने यकिन गरिएको छैनन् । अनिल शर्माले निर्देशन गरेको गदर फिल्ममा उनका छोरा उत्कर्ष शर्मा पनि बच्चाको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा पनि उनी देखिन निश्चित भएको छ । उत्कर्षको पहिलो फिल्म जिनियस आईसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…