कान्छो मेयरको शक्ति प्रदर्शन , झुके सिडिओ र जिशिअ पनि !
मेयरको अडान अगाडी जिप्रका र जिशिअको निर्णय सच्चाइएको हो ।

२०७४ चैत ७ बुधबार, बेलुकी ७:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ चैत्त । मूलुककै कान्छो मेयर उदय कुमार बरबरियाको एक अटल निर्णय अहिले चर्चामा छ ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर बरबरिया नगरभित्रका एक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय तह सँचालन ऐन २०७४ अनुसार निलम्बन गरेपछि चर्किएको निर्णय र पहुँचको लडाईं उपर विजयी हाँसिल गरेका छन् ।
मेयर बरबरियाले नगरपालिकाको वडा नं. ७ मा रहेको एस एन आर ज उ मावि धबौलीका तत्कालिन प्रअ श्रीप्रसाद गोहिबारलाई निलम्बन गरेको भन्दै जुनसुकै शक्तिले परीक्षामा केन्द्राध्यक्षको रुपमा राख्न नसकिने अडान राख्दै अन्ततः गोहिबारलाई केन्द्राध्यक्षबाट हटाएका हुन् ।
मँगलबार बसेको नगर कार्यपालिकाको बैठकबाट कारवाहीमा परी निलम्बनमा परेका मावि धबौलीको तत्कालिन प्रअ गोहिवारलाई सुपरिटेन्डेन्ट नराख्ने निर्णयमा अटल रहदै सिडिओ र जिल्ला शिक्षा अधिकारीसँग समेत टक्कर गरेर आखिरसम्म गोहिवारलाई केन्द्राध्यक्षबाट हटाएकै हुन ।
आज न्यूज ब्यूरोसँग कुरा गर्दै कान्छो मेयर बरबरियाले भने, 'म कुनै निर्णय यस्तो गर्दैन जसको लागि पछि मलाई आफैँ ग्लानी अनुभूति होस, म सख्त छु, जनताको हितको लागि मलाई पदीय लोभ छैन, तर वर्तमान परिस्थितीमा पद पनि मायने राख्दछ र पदीय जिम्मेवारी म कुशलपूर्वक निभाउने प्रयासरत छु ।'
"गोहिवारले भ्रष्टाचारी गरी विद्यालयको अवस्था जरजर बनाएको भन्दै सबैको सहमतिमा निलम्बन गरिएको जनाउँदै उनले एउटा मेयरले प्रअलाई निलम्बन गर्ने हैसियत राख्छद भन्ने प्रश्न तेस्र्याउनेको लागि जवाफ हो ।" उनले थपे ।
स्थानीय सरकारको निर्देशिका बमोजिम नै गोहिबारलाई कारवाही गरिएपनि धनुषाका जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीले गोहिबारलाई नै एईई परीक्षाको लागि उक्त विद्यालयमा केन्द्राध्यक्ष सुपरिटेन्डेन्ट बनाउने भनेर पठाएको निर्णयलाई मैले मानेन र आजै फेरी जिल्ला शिक्षा अधिकारीले गोहिबारलाई केन्द्राध्यक्षमा नराख्ने निर्णय गरेका हुन् । उनले भने ।
मेयर बरबरियाले जिशिअ र सिडिओले सिफारिस गरी पठाएको केन्द्राध्यक्षमा गोहिबारलाई जोसुकै हालतमा नराख्ने अडान राख्दै निर्णय सच्याउन आग्रह गरेका थिए । मँगलबार जिशिका का पदाधिकारी नपुगेपछि नगरपालिकाले आफैँ परीक्षा सँचालन गर्ने सुचना दिएपछि जिल्ला शिक्षा अधिकारीले निर्णय सच्याउँदै अर्को सुपरिटेन्डेन्ट राख्न साकारात्म भएको हो ।
को बने त सुपरिटेन्डेन्ट (केन्द्राध्यक्ष)
विहिबार विहान ८ बजेदेखि सुरु हुन लागेको एसईई परीक्षा २०७४ को लागि उक्त विद्यालयमा केन्द्राध्यक्ष विवाद चुलिएपछि परीक्षाको पूर्व सन्ध्यामा नयाँ केन्द्राध्यक्ष चयन गरिएको छ ।
परीक्षाकेन्द्रका केन्दाध्यक्ष सुपरिटेन्डेन्टमा जनता एकाई मावि यदुकूहाका सहयाक प्रधानाध्यापक प्रदीप कुमार साहललाई चयन गरिएको छ ।
जिल्ला शिक्षा अधिकारीले काटेको पत्रमा सहयाक प्रअ साहलाई केन्द्राध्यक्ष राख्ने निर्णय पत्र नगरपालिकालाई पठाएको छ ।
यस अघि मेयर बरबरियाले जिशिका ले निर्णय नसच्याए वा अर्को केन्द्राध्यक्ष नपठाएको खण्डमा नगरपालिकाले आफैँ परीक्षा सँचालन गरी नगर शिक्षा सँयोजकलाई नै केन्द्राध्यक्ष बनाउने निर्णय कार्यपालिकाको बैठकबाट गरिएका थिए ।
पासवानलाई सहायक केन्द्राध्यक्षमा चयन गरिएको हो ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…