बिदेशबाट यी समानहरु ल्याउँदा भन्सार लाग्ने, सुन जफत गरिने

२०७८ मङ्सिर १४ मंगलबार
बिहान १०:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशबाट नेपाल फर्कने नेपालीहरुले अरु कसैको समान बोकेर ल्याउँदा विमानस्थलमा समस्या उत्पन्न भएपछि समान यकिन गरी मात्र ल्याउन अनुरोध गरिएको छ । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गरी कसैले समान लगिदिन दिएमा समानको यकिन गरी मात्र ल्याउन भनिएको छ । 

विदेशबाट ल्याउने सुन, गरगहना जस्तामा समानमा भन्सार छुटको विषयमा जानकारी नहुँदा समान नै जफत हुने जनाउँदै समानको यकिन गरी मात्र ल्याउन बताइएको छ । 

विदेशबाट ५० ग्राम वा सो भन्दा थप २०० ग्रामसम्म सुन ल्याउन पाउने भनिएको छ । २०० ग्रामसम्म सुन ल्याउँदा भन्सार शुल्क लाग्ने बताइएको छ । सो भन्दा माथि ल्याएमा जफत गरिने सूचनामा उल्लेख छ । 

व्यक्तिगत प्रयोजनको लागि बढीमा ५० ग्रामसम्म मात्र सुन ल्याउन पाउने तथा थपमा २०० ग्रामसम्म भन्सार लाग्ने जनाइएको छ । ५० ग्रामसम्ममा भन्सार लाग्ने छैन भने सो भन्दा माथि २०० ग्रामसम्म भन्सार लाग्ने छ । तर, २०० ग्रामभन्दा पनि माथि सुन ल्याए थप सुन जफत हुने सूचनामा उल्लेख छ । 

यस्तै, व्यक्तिगत प्रयोजनको लागि टयाबलेट वा ल्यापटप १ थान ल्याउन पाउने छ । एक थान कुनै वस्तु ल्याएपछि भन्सार लाग्ने छैन भने सो भन्दा बढीमा भन्सार शुल्क लाग्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सूचनामा उल्लेख छ । 

यस्तै, व्यक्तिगत प्रयोजनको लागि एक वटा मोबाईल ल्याउन पाउने तर, सो भन्दा बढी थान मोबाईल ल्याए भन्सार महसुल लाग्ने जनाइएको छ । साथी भाईको समानमा मोबाईल, ल्यापट ल्याउँदा भन्सारमा फँस्ने गरेको बयानहरु आउँदा त्यस्तो नगर्न अनुरोध पनि गरेको छ । 

बिदेशबाट मदिरा ल्याउँदा १ बोतलसम्म ल्याउन पाउने छ । एक लिटरभन्दा माथि मदिरा विदेशबाट ल्याएर एयरपोर्टमै जफत हुने सूचनामा उल्लेख गरिएको छ । 

  • 17%
  • 0%
  • 17%
  • 0%
  • 0%
  • 50%

SEE को पहिलो दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न, भोली नेपाली विषय

  • २०७८ मङ्सिर १४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । विहिबार बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको

पूरा पढ्नुहोस्

Bureau Menus

} }