नेपाललाई 'हिन्दुराष्ट्र' बनाउन गाउँ-गाउँमा राजावादीहरु
कोण सभामा जहिले देखि लोकतन्त्र होइन लुट तन्त्र आयो कलकारखाना र उद्योगहरु बन्द भयो ।

२०७८ मंसिर ११ शनिबार, बिहान ८:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । नेपाललाई हिन्दुराष्ट्र बनाउनको लागि तराई मधेशको गाउँ गाउँमा राजावादीहरुले सक्रियता देखाएको छ ।
देश बचाउ भन्दै राजावादीहरुले तराई मधेशको ग्रामिण भेकमा जनजागरण अभियान नै सुरु गरेका छन् । सयौँको सँख्यामा मोटरसाईकल रयाली निकाल्दै राजावादीहरुले गाउँको चोकचौराहामा नागरिसकँग लविँग गरिरहेको देखिएको छ ।
नेपाल राष्ट्रवादी नागरिक समाजद्वारा गाउँ गाउँमा रयाली निकालेको हो । शुक्रबार धनुषा जिल्लाको विभिन्न ग्रामिण भेकमा गएर नेपाललाई हिन्दु राष्ट्र बनाउनको लागि नागरिक जुटाउँदैछन् ।
शुक्रबार बिहान १० बजे देखि साझ ७ बजे सम्म राष्ट्रवादीले बस्ती-बस्ती, गाउँ-गाउँ, टोल–टोलमा पुग्दै नागरिकहरुलाई जागरुक गरेका थिए ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित जनकचौक देखि नेपाल राष्ट्रवादी नागरिक समाजले जनक चोक देखि कपिलेश्वर, पर्बाहा, औरही, तिनकोरिया, एकराही, सराबे, माचि झिटकैया, लगमा, साघारा चोक हुँदै पूर्वी धनुषाको दुबरकोट हथलेटवा, हरिने, सोनापारा, बिसरभोरा हुँदै पुनः जनकपुरसम्म रयाली गरेका हुन् ।
हिन्दु राष्ट्रिय कायम गर, २०४७ सालको संबिधान लागु गर, संघयाता खारेज गर, राजा सहितको प्रजातन्त्र व्यवस्था कायम गर, राजा आउ देश बचाउ , हाम्रो राजा हाम्रो देश प्राण बन्दा प्यारो छ, गाउँ( गाउँमा हला छ जनता सँग सल्लाह छ भन्दै लगायतका मुख्य नाराहरु लगाई राष्ट्रवादीहरुले नारावाजी गरिएका थिए ।
राजसंस्था सहितको लोकतन्त्र, प्रजातन्त्र तथा हिन्दु राज्य कायम गराउन र २०४७ सालको संबिधान लागु गराउन निम्ति हामी प्रतिवद्ध रहेको नेपाल राष्ट्रवादी नागरिक समाजका अध्यक्ष प्रकाश राणाले बताए । राष्ट्रवादी शक्ति एक जुट हुनु पर्ने, अवस्था आएको हुदा गाउँ, टोल, बस्ती र स्थानीय बाट उठौ उपाध्यक्ष शत्रुधन शाहले आग्रह गरे ।
कोण सभामा जहिले देखि लोकतन्त्र होइन लुट तन्त्र आयो कलकारखाना र उद्योगहरु बन्द भयो । जून कर्मचारीहरु काम गरिरहेको सो मान्छेहरु अहिले घरमा बसिरहेको र आफ्नो बालबालिकाहरु नस्वास्थ्य र नशिक्षा प्रदान गर्न सकिरहेको सो कारणले गर्दा हामीलाई राजा ल्याउनु पर्छ, हिन्दु राष्ट्रिय कायम गराउनु पर्छ , संघयाता खारेज गराउनु पर्छ, राजा सहितको प्रजातन्त्र व्यवस्था कायम गराउनु पर्छ उनीहरुले कोण सभामै भने ।
नेपाल राष्ट्रवादी नागरिक समाजले ” देश बचाउ ” जन जागरण अभियान अन्तर्गत हिन्दु राष्ट्रिय कायम गर, २०४७ सालको संबिधान लागु गर, संघयाता खारेज गर, राजा सहितको प्रजातन्त्र व्यवस्था कायम गर, एम.सी.सी. लागु गर्न पाइदैन, नेपाल देशलाई गुलाम बनाउन पाइदैन, रेल सेवा संचालन गर, स्थानीय कार्यलयमा भइरहेको भ्रष्टाचार बन्द गर, युवा बेरोजगार भत्ता लागु गर, युवा शक्तिलाई विकृति बिसंगती बाट संरक्षण गर, खेलकुद बिकासलाई प्रोत्साहित गर्न स्थानीय स्तर देखि खेलाडीहरुलाई समान गर, राजनीतिकरण र निजीकरणको नाउँमा बन्द गरि एको कलकारखानाहरुलाई पुनः संचालन गर लगायतका मागहरु राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…