आम्रपाली दुबेले गरिन निरहुआको भाई प्रवेश लाल यादवसँग बिहे, फ्यानलाई झटका 

अपकमिँग फिल्म “साजन” को सेटको दृश्य रहेको छ । जसको बारेमा आम्रपाली दुबेले क्याप्सन समेत हालेकी छन् । 

२०७८ मङ्सिर ९ बिहीबार
रति ८:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । भोजपुरी सिने जगतकी चर्चित अभिनेत्री आम्रपाली दुबेको एक भिडियो अहिले समाजिक सँजालमा फ्यानलाई कन्फ्यूज गरिदिएको छ । 

भोजपुरी फिल्म जगतका सुपर स्टार दिनेश लाल यादव निरहुआसँग फिल्ममा बढी देखिने आम्रपाली दुबेले निरहुआका कान्छो भाई प्रवेश लाल यादवसँग बिहे गरेको भिडियो समाजिक सँजालमा फ्यानलाई अलमल पारिदिएको छ । 

दिनेश लाल यादव निरहुआ र आम्रपाली दुबेको केमिस्ट्री दर्शकहरुले खुवै मन पराउँछन् । यी दुवै जनाको फिल्म रिलिज हुने बित्तिकै चारैतर्फ चर्चा पाउन थाल्छन् । आम्रपाली दुबे अहिले एक भिडियोलाई लिएर चर्चामा रहेकी छन् । 

असलमा, आम्रपाली दुबेको नयाँ भिडियो हेरेर फ्यानहरुलाई झटका लागेको छ । किनकी, उनको नयाँ भिडियोमा आम्रपाली बिहे गरिरहेको दृश्य देखिएको छ । यो भिडियोलाई आम्रपालीले स्वयँम आफ्नो ईन्टाग्राम पोष्टमा शेयर गरेकी छन् । 

भिडियोमा आम्रपाली दुबे दिनेश लाल यादव निरहुआसँग नभएर उनको कान्छो भाई प्रवेश लाल यादवको बेहुली (दुल्ही) बनेको देख्न सकिन्छ । भिडियो भाईरल बनेको छ जसको ब्याकग्राउण्ड साउण्डमा पँजाबी गीत दिन शगना दा बज्दै गरेको सुन्न सकिन्छ । 

भिडियोमा प्रवेश लाल यादव र आम्रपाली दुबै दुवै जना पहेलो रँगको आउटफिट लगाएर स्टेजमा बसेको हेर्न सकिन्छ । यो क्लीप समाजिक सँजालमा आएलगत्तै सोसल मिडियामा भाईरल बनेको छ । भिडियो हालेको केही घण्टामै ईन्टाग्राममा ४० हजार बढी लाईक आएको देखिएको छ । 

सोसल मिडियामा उनका फ्यानहरुले उनलाई बिहेको बधाई दिँदै गरेको देखिएको छ भने कैयौँ जनाले निरहुआसँग धोका गरेको पनि कमेन्टहरु गरिएको छ । यद्यपी, यो भिडियो भने फिल्मको लागि मात्र फिल्माइएको हो, असल जिन्दगीमा उनीहरुको बिहे भने भएको छैनन् । 

भिडियोमा देखाइएको दृश्य असली भने होईनन् , उनीहरुको अपकमिँग फिल्म “साजन” को सेटको दृश्य रहेको छ । जसको बारेमा आम्रपाली दुबेले क्याप्सन समेत हालेकी छन् । 

  • 3%
  • 86%
  • 1%
  • 1%
  • 1%
  • 1%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ मङ्सिर ९ बिहीबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus

} }