काँग्रेसका एक वडासचिव पक्राउ
सचिव पदमा निर्विरोध भएका पासवान गाउँमै फार्मेसी सँचालन गर्दै आएका छन् । महिलाले राती आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएकी हुन् भने त्यो रात श्रवण कहिँ कतै नगएको स्थानीयहरु बताउँछन् । उनलाई योजना तहत फँसाएको गुनासो गरिएको छ ।

२०७८ मंसिर ५ आइतबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ बाट सचिव पदमा निर्विरोध चयन भएका नेपाली काँग्रेसका वडासचिव पक्राउ परेका छन् ।
गत कार्तिक २८ गते भएको नेपाली काँग्रेसको वडा अधिवेशनमा निर्विरोध चयन भएका सचिव श्रवण पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि महिलासँग अभद्र व्यवहार गरेको आरोप छ । सोही टोलकी एक महिलासँग अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उजुरीको आधारमा पक्राउ गरेको हो ।
गत कार्तिक २८ गतेको अधिवशेनको नेपाली काँग्रेसको तर्फबाट वडा सभापतिको लागि दुई जना उम्मेदवारी दिएको थियो । दुई प्यानमा उदय साहको प्यानल नै विजयी भयो ।
सोही उदय साहको प्यानलबाट निर्विरोध भएका सचिव पदमा पासवानले फेसबुकमा तथानाम लेखेको भन्दै षडयन्त्रपूर्वक फँसाएको आरोप पनि लगाइएको छ ।
साहले आफ्नो गोजीका मान्छेलाई मात्र सदस्यता बाँडेर आफू विजयी भएको आरोप पनि लागेको छ । पक्राउ परेको पासवान सहित अन्य आफ्ना आफन्तलाई मात्र सदस्यता दिएको आरोप छ ।
सोही क्रममा स्थानीय एक महिलाले आफूसँग अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीको आधारमा पासवानलाई पक्राउ गरेको हो ।
महिलाले गाउँमै रहेको प्रहरी कार्यालयमा उजुरी नगरी सीधा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु पनि शँकाको घेरामा परेको बताइएको छ । राजनीतिक प्रतिशोध साध्नको लागि पासवानलाई बिना कसुर फँसाएको आरोप छ ।
सचिव पदमा निर्विरोध भएका पासवान गाउँमै फार्मेसी सँचालन गर्दै आएका छन् । महिलाले राती आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएकी हुन् भने त्यो रात श्रवण कहिँ कतै नगएको स्थानीयहरु बताउँछन् । उनलाई योजना तहत फँसाएको गुनासो गरिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरिदिएको छ । उनका परिवारजनले बिना प्रमाण र आधारको मुद्दा दर्ता गरेको भन्दै मानवअधिकारकर्मीलाई गुहार्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…