जनकपुरः कमला स्नानको लागि जाँदै गरेको ट्रयाकटर दुर्घटना, दुई जनाको मृत्यू, २० घाईते
प्रहरीका अनुसार, गम्भिर घाईते भएका दुवै जनालाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यू भएको हो ।

२०७८ मंसिर २ बिहीबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको तिनकोरियास्थित ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ तिनकोरिया बेलापट्टिस्थित अनटेष्ट ट्राक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने सोही दुर्घटनामा परी २० जना घाईते भएका छन् ।
विहिबार दिउँसो कार्तिक पूर्णिमामा कमला स्नानको लागि धनुषा र सिरहा जिल्ला जोडने पवित्र कमला नदी स्नानको लागि ट्रयाक्टर चढेर जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा अन्दाजी बर्ष ४५ को रामदयाल राय र अमृता देवी रहेको प्रहरी चौकी तिनकोरियाले जनाएको छ । मृतक दुवै जना भारतको बिहार राज्य सीतामढी बेलाका बासिन्दा थिए ।
धनुषाको ईटहर्बा खरियानीबाट सोनालिका अनटेष्ट ट्राक्टर चढेको श्रद्धालुले खचाखच भरिएको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको हो । प्रत्यक्षदर्शीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यू भएको हो ।
प्रहरीका अनुसार, गम्भिर घाईते भएका दुवै जनालाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यू भएको हो । सो दुर्घटनामा अन्य पाँच जना गम्भिर घाईते भएका छन् १५ जना मध्यम घाईते भएका हुन् ।
बेलापट्टि तिनकोरियास्थित अनटेष्ट ट्रयाक्टरले ज १ प ९६४९ नम्बरको ट्राक्टरलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको जनाइएको छ । यो ट्रयाक्टरले सोही स्थानमा रहेको टायर गाडामा ठोक्किएको हो । त्यसमा कोही पनि घाईते भएको छैनन् ।
यही ट्रयाक्टरलाई ओभरटेक गर्दा ट्रयाक्टर सडकबाट तल खसेर दुर्घटना हुँदा दुवै जनाको मृत्यू भएको प्रहरीचौकी तिनकोरियाका सई सारदा शँकर साहले जानकारी दिए । चालक र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने घाईतेहरुलाई उपचारको लागि अस्पताल पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…