भोली सार्वजनिक विदाको घोषणा
कमला नदी स्नान र भूतमेला जनकनन्दिनी गाउँपालिका क्षेत्रभित्रै मनाउने भएकोले स्थानीय सरकारको हैसियतले एक दिने सार्वजनिक विदा दिएको हो । यद्यपी, केन्द्र सरकारले समेत कार्तिक पूर्णिमामा शिख धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको हो ।

२०७८ मंसिर २ बिहीबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ मा एक स्थानीय तहले शुक्रबार (भोली) एक दिने सार्वजनिक विदाको घोषणा गरेको छ ।
पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले शुक्रबार एक दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो । कार्तिक पूर्णिमालाई मध्यनजर गर्दै गाउँपालिकाले एक दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रत्येक वर्ष जनकनन्दिनी गाउँपालिका क्षेत्रभित्र पर्ने कमला नदीमा भूतमेला अर्थात कमला स्नानलाई मध्यनजर गर्दै एक दिने विदा दिएको गाउँपालिका अध्यक्ष मो. अब्दुल बारिक शेखले जानकारी दिए ।
हिन्दु धर्मावलम्बीहरुले कार्तिक पूर्णिमालाई मध्यनजर गर्दै जनकनन्दिनी गाउँपालिकाको विभिन्न वडामा पर्ने कमला नदीमा विहिबार रातीदेखि नै श्रद्धालुहरुको अधिक भीड रहने गरिन्छ । सोही अवसरमा विदा दिएको हो ।
कमला नदी स्नान र भूतमेला जनकनन्दिनी गाउँपालिका क्षेत्रभित्रै मनाउने भएकोले स्थानीय सरकारको हैसियतले एक दिने सार्वजनिक विदा दिएको हो । यद्यपी, केन्द्र सरकारले समेत कार्तिक पूर्णिमामा शिख धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको हो ।
शुक्रबार जनकनन्दिनी गाउँपालिका भित्रको विद्यालयहरु, स्वास्थ्यचौकी, कार्यालय, सरकारी सँस्थानहरु एक दिन विदा हुने जनाइएको छ ।
प्रत्येक वर्ष कार्तिक पुर्णिमामा जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर १ ईनर्बा घाटस्थित हजारौँको सँख्यामा विभिन्न जिल्ला सहित भारतबाट समेत मेला भर्न श्रद्धालुहरु आउने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…