अधिकारको लडाई अझै जारी छ, नागरिकता समस्या चाँडै समाधान हुन्छः यादव
अर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भने,‘सरकारमा माथि देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित विकास हुन दिएको छैन ।’ नागरिकता सम्बन्धि ऐन प्रतिनिधिसभामा पेश भईसकेकोले नागरिकता समस्या चांडै समाधान हुने विश्वास उनले व्यक्त गरे ।

२०७८ मंसिर १ बुधबार, बिहान ७:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको वर्तमान निर्वाचन र शासकीय प्रणाली परिवर्तन गर्नु पर्ने खाँंचो रहेको बताएका छन् ।
निर्वाचन तथा शासकीय प्रणालीले उत्पीडित समुदायको प्रतिनिधित्व गराउन नसकेको भन्दै यादवले पुर्ण समाबेशी प्रतिनिधित्वका लागि जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणाली र शासन तथा प्रशासनमा सहभागिता हुनु पर्नेमा जोड दिए ।
सप्तरीको कंचनरुपमा मंगलबार आयोजित संगठन सुदृढिकरण तथा जनजागरण (सुज) अभियान एवम् वृहत् पार्टी प्रवेश कार्यक्रमलाई बोल्दै उनले भने ,‘अधिकारको आन्दोलन अहिले पनि जारी छ, पछाडि पारिएका जाति समुदायको हक अधिकार अझै पुर्ण रुपले स्थापित भईसकेको छैन।’
अध्यक्ष यादवले विभेद र उत्पीडनमा परेको जाति समुदायको अधिकार सुनिश्चितताको लडाई निरन्तर जारीरहेको बताउंदै जनताको लामो संघर्ष र सहिदको वलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र विरुद्ध एकजूट भइ लड्नु पर्ने आवश्यकतामा जोड दिए ।
गणतन्त्र,संघीयता समाबेशिता सहितको उपलब्धि रक्षाका लागि उत्पीडित समुदायहरु एक्यबद्ध हुनु पर्ने बताए । पार्टी प्रबेश गरेर सामाजिक रुपान्तरणको महाअभियानमा ठूलो टेवा पुगेको भन्दै खुशी व्यक्त गर्दै अध्यक्ष यादवले नवप्रवेशी नेताकार्यकर्तालाई पार्टीमा उचित स्थान दिने प्रतिबद्धता व्यक्त गरे ।
अर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भने,‘सरकारमा माथि देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित विकास हुन दिएको छैन ।’ नागरिकता सम्बन्धि ऐन प्रतिनिधिसभामा पेश भईसकेकोले नागरिकता समस्या चांडै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
बन्द रहेको उधोगलाई पुनः संचालनमा ल्याई स्वादेशमै रोजगारीको सिर्जना गर्न जसपा प्रयासरत रहेको समेत उनले उल्लेख गरे ।
जसपा पालिका अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमा राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवल किशोर साह,सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सुर्य नारायण यादव, जसपा तराई मधेश प्रदेश समितिका निवर्तमान मुख्य सचिव शम्भु झा, जसपा सप्तरीका अध्यक्ष केदार यादव, नवप्रवेशी नेवाः देयः दबु प्रदेश नम्बर २ का अध्यक्ष दक्ष नारायण श्रेष्ठ,पूर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरी,नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव भोला पासवान लगायतकाले आ–आप्mनो धारणा राखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…