प्रदेश २ का वनमन्त्री राय पदबाट हटाइए 

२०७८ कार्तिक ३० मंगलबार
बेलुकी ५:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पदमुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव होमप्रसाद घिमिरेले बुधबार दिउँसो करिब २ बजे मन्त्रीलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई प्राप्त भएको जानकारी दिए । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो ।

तत्काललाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउने सहमतिमा मुख्यमन्त्री राउतले रायलाई सरकारबाट फिर्ता बोलाएको बुझिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

प्रदेश २ः  किशोरीलाई बन्धक बनाएर २० दिनसम्म बलात्कार 

  • २०७८ कार्तिक ३० मंगलबार

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ मा एक १८ बर्षिय किशोरीलाई दुई युवकले २० दिनसम्म बलात्कार गरेको आरोप लगाइएको छ ।  प्रदेश २ को पर्सा जिल्लाकी १८ वर्षीया एक किशोरीलाई

पूरा पढ्नुहोस्

Bureau Menus