अफरः जनकपुर सहित प्रदेश २ को यी तीन शहरमा भायानेटको टिभी सहित निःशुल्क ईन्टरनेट
अहिले यी तीन वटा शहरमा भायानेट जडान गर्दा जडान खर्च पनि नलाग्ने तथा टिभीको सेटअप बक्स पनि फ्रि मै दिने अफर ल्याएको हो । जनकपुर, बर्दिवास र लहानको लागि भायानेटले सेवा विस्तार गरेको छ ।

२०७८ कार्तिक २६ शुक्रबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईन्टरनेट जगतमा नेपालमा सर्वाधिक लोकप्रिय मानिने भायानेटले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित अन्य तीन शहरमा ४ महिना निःशुल्क ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
भायानेट कम्पनीले जनकपुरधाम सहित बर्दिवास र लहानमा समेत जडान गराउने ग्राहकलाई ४ महिना निःशुल्क ईन्टरनेट सेवा दिने अफर ल्याएको छ ।
प्रदेश नम्बर २ मा भायानेटले ओपनिँग अफर भन्दै १७५ बढी टिभी च्यानहरु सहित ४ महिनासम्मको ईन्टरनेट सेवा समेत निःशुल्क दिने अफर ल्याएको हो । यो अफर भने सिमित समयको लागि मात्र उपलब्ध हुने भएकोले समयमै जडान गर्न अनुरोध पनि गरेको छ ।
अहिले यी तीन वटा शहरमा भायानेट जडान गर्दा जडान खर्च पनि नलाग्ने तथा टिभीको सेटअप बक्स पनि फ्रि मै दिने अफर ल्याएको हो । जनकपुर, बर्दिवास र लहानको लागि भायानेटले सेवा विस्तार गरेको छ ।
स्लो ईन्टरनेटबाट झन्झट र दिक्क मान्ने ग्राहकहरुको लागि भायानेट उपलब्धीमूलक साबित हुने कम्पनीले जनाएको छ । काठमान्डौँसहित अन्य विभिन्न शहरमा भायानेटले विगत २२ बर्षदेखि सेवा दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…