जनकपुरः महेन्द्रनगरस्थित मोसा दुर्घटना हुँदा एक युवकको मृत्यू, तीन घाईते
घाइते हुनेहरुमा अमित साह, रोशन महतो र राज साह रहेका छन् । घाईते मध्ये अमित साहको अवस्था गंभीर रहेकाले थप उपचारको लागि विराटनगर रेफर गरिएको ट्राफिक प्रहरी जनकपुरधामले जनाएको छ ।

२०७८ कार्तिक २६ शुक्रबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम–ढल्केबर सडक खण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किंदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित बुधबार राती सो दुर्घटना भएको हो । ढल्केवरबाट जनकपुरतर्फ आउंदै गरेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी प्रदेश २–०१– ००१ प ४८५८ मोटरसाइकलको चालक प्रल्हाद केसीको मृत्यु भएको छ । भने सो दुर्घटनामा परी सिरहा जिल्ला मिर्चैया नगरपालिका–६ का तीन जना घाइते भएका छन ।
घाइते हुनेहरुमा अमित साह, रोशन महतो र राज साह रहेका छन् । घाईते मध्ये अमित साहको अवस्था गंभीर रहेकाले थप उपचारको लागि विराटनगर रेफर गरिएको ट्राफिक प्रहरी जनकपुरधामले जनाएको छ ।
मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…