बस र ट्याङ्कर जुध्दा १२ जनाको मृत्यू
प्रहरीले ट्याङ्कर ट्रेलरका चालकलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको खबरमा उल्लेख छ ।

२०७८ कार्तिक २४ बुधबार, दिउँसो २:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । भारतको राजस्थानमा एउटा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाको ज्यान गएको छ ।
बाडमेर–जोधपुर राजमार्ग (हाइवे) मा २५ जना व्यक्ति सवार बसलाई ट्याङ्कर ट्रेलरले ठक्कर दिएपछि बसमा आगो लागेको थियो ।
घटनास्थलमै प्रहरी भएकाले छिटै उद्धार भए पनि केही मिनेटभित्रै १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० जनालाई भने प्रहरीले जीवितै उद्धार गरेको छ ।
बसलाई गलत दिशाबाट आएको ट्याङ्कर ट्रेलरले ठक्कर दिएको थियो । बच्न सफल एक यात्रुका अनुसार ट्याङ्कर ट्रेलरले ठक्कर दिएको केही मिनेटमै बस जलेर ध्वस्त भएको थियो ।
प्रहरीले ट्याङ्कर ट्रेलरका चालकलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको खबरमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…