नेपाली फिल्म 'नेप्टे' मा सँतोष राजको सँगीत
न्यूज ब्यूरो || जनकपुरधाम, ५ चैत्त । दर्शकमाझ प्रतिक्षीत गरिएको फिल्म ‘नेप्टे’ पोष्टर सार्वजनिक र पोस्टरमा पनि हरियो डलर डलरले बिगार्यो कलर अब पैसा बर्शिने भयो बररर ! चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेड

२०७४ चैत ५ सोमबार, राति १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ५ चैत्त । दर्शकमाझ प्रतिक्षीत गरिएको फिल्म ‘नेप्टे’ पोष्टर सार्वजनिक र पोस्टरमा पनि हरियो डलर डलरले बिगार्यो कलर अब पैसा बर्शिने भयो बररर !
चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन् ।
फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज । बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ ।
VIDEO
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा 'किम्भेु को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…