'मधेसी पुत्र- २' नेपालभरिको ३५ बढी हलमा एकसाथ प्रदर्शन हुँदै
न्यूज ब्यूरो || जनकपुरधाम, ५ चैत्त । मधेस आन्दोलनमा आधारित बहुप्रतिक्षित भोजपुरी, मैथिली र नेपाली भाषाको फिल्म मधेसी पुत्र २ आउँदो चैत्त ९ गते शुक्रवारदेखि विभिन्न सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुन लागेको छ । डा. सिके राउतको अभियन रहेको उक्त फिल्ममा सेन्सर बोर्डले कैँची चलाएपछि झन कन्ट्रोभर्सी भएको

२०७४ चैत ५ सोमबार, बेलुकी ७:५६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, ५ चैत्त । मधेस आन्दोलनमा आधारित बहुप्रतिक्षित भोजपुरी, मैथिली र नेपाली भाषाको फिल्म मधेसी पुत्र २ आउँदो चैत्त ९ गते शुक्रवारदेखि विभिन्न सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुन लागेको छ ।
डा. सिके राउतको अभियन रहेको उक्त फिल्ममा सेन्सर बोर्डले कैँची चलाएपछि झन कन्ट्रोभर्सी भएको यो फिल्मको लागि मधेसी मूलका जनताहरु बेसब्रीले प्रतिक्षा गरिरहेको छ ।
जनकपुर लगायत देशैभरिको ३५ बढी सिनेमा घरहरुमा एक साथ रिलिज हुन लागेको यो फिल्ममा मधेस सेन्टीमेन्ट जोडिएकोले पर्दामा भएपनि धमाल मचाउने निर्माण पक्षको दाबी छ ।
मधेसका दिग्गज कलाकारहरुको अभियन सहित स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको भूमिका समेत दर्साएकोले फिल्म कन्ट्रोभर्सी भएको दाबी गरिएको छ ।
सिके राउतकै भूमिका भएको कारण फिल्मका दर्शकहरुको चाप बढने दाबी निर्माण पक्षको रहेको छ ।
फिल्ममा रुकेश साहले डा. सिके राउतको भूमिका निर्वाह गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…