चुनावी दौड

अर्ली इलेक्सनको हल्ला मात्र हो : प्रचण्ड

अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौँभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको बताए । 

२०७८ कार्तिक १३ शनिबार
बेलुकी ७:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेको बताएका छन् ।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यकरूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने बताए । उनले भने, “नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको बताए । उनले भने, “नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ, राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौँ ।”

प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताउनुभयो । प्रचण्डले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै उनले भने, “न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौँ ।”

अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौँभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको बताए । 

उनले बैठक बस्नेबित्तिक्कै गठबन्धनको धारणा आउने जनाउनुभयो । प्रचण्डले अर्ली इलेक्सन नहुने दाबी गर्दै भने, “अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ, तर हुँदैन, गठनबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ ।”

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७८ कार्तिक १३ शनिबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus