जनकपुरमा चोरी गर्दै गर्दा चोर पक्राउ
पासवानले चौधरीको घरमा पसेर उनका परिवारजनमाथि कुटपिट समेत गरेका थिए ।

२०७८ कार्तिक १३ शनिबार, बिहान ११:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित गएराती चोरी गर्ने प्रयास गरेका एक पुरुष पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीस्थित स्थानीय अनिरुद्ध चौधरीको घरमा गएराती करिब १ बजेको समयमा चोरी गर्न जाँदा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको नगराईन नगरपालिकाको अकौरा बस्ने अन्दाजी बर्ष ५५ को राकेश पासवान रहेको जनाइएको छ । गएराती उनी चौधरीको घरमा पसेर चोरी गर्न लाग्दा पक्राउ परेको हो ।
पासवानले चौधरीको घरमा पसेर उनका परिवारजनमाथि कुटपिट समेत गरेका थिए । रड प्रहार गरी अनिरुद्धलाई घाईते समेत बनादिएको छ ।
यता, पासवानले आफू कर्णाली(रक्सी) खाएर बाटो बिराएको प्रतिक्रिया दिएका छन् । स्थानीयहरुले पक्राउ गरी घरमा बाँधेर राखी प्रहरीलाई बोलाएको थियो । उनले आफू चोरी नगरेको र चोरीको मनसायले नआएको बताएका छन् ।
पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको बताईएको छ । पासवानबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…