Close This

स्कूलमा नोकरीको लागि हेडमास्टर ७ लाख र समितिले ४ लाख घुस मागे

२०७८ कार्तिक १२ शुक्रबार
रति ९:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयमा ल्याब असिस्टेन्ट (प्राथमिक तह स्तरको शिक्षक) को जागिर खान सात लाख रुपैयाँ घुस मागिएको आरोप लागेको छ ।

गाउँपालिकाको वडा नम्बर ३ जगदीशपुरमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा ल्याब असिस्टेन्ट पदमा नियुक्तिका लागि प्रधानाध्यापक मुनिजर हसनले सात लाख रुपैयाा घुस मागेको भन्दै न्यायिक समितिमा उजुरी परेको छ ।

सोही विद्यालयका शिक्षक लडाइँप्रसाद चौधरीले छोरा विवेक चौधरीको नियुक्तिका लागि प्रधानाध्यापकलाई छ लाख रुपैयाँ बुझाएको र एक लाख रुपैयाँ नियुक्तिपछि बुझाउने मौखिक सहमति भएको लडाइँप्रसाद चौधरीले बताए ।

घुस दिएपछि हसनले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समितिसँग भेट गर्न पठाएका थिए । 

व्यवस्थापन समितिले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिन आग्रह गरेपछि लडाइँ छोरालाई जागिर खुवाउनबाट पछाडि हटेका थिए । घुस र चन्दा दिनुपर्ने भएपछि लडाइँले घुसबापतको छ लाख रुपैयाँ फिर्ता मागेका थिए ।

११ लाख रुपैयाँ दिन नसक्ने र यो विवादमा आफू पर्न नचाहेको भन्दै छोरालाई परीक्षाका लागि नपठाएको उनको भनाइ छ । आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाइ छ ।

विद्यालयका प्रअ हसनले लडाइँ विद्यालयको शिक्षक नभएको बताए । ‘ममाथि लगाइएको आरोपसमेत झुटो हो । उनले छोरालाई जागिर खानका लागि नेपाली कांग्रेस विजयनगर गाउँ समिति अध्यक्ष जानकी यादवदेखि अरूबाट समेत दबाब दिएका थिए’, हसनले भने । 

प्रअले शिक्षक नभएको दाबी गरे पनि लडाइँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल नेता वीरेन्द्रकुमार कनोडियाले व्यक्तिगत रूपमा तलब दिएर विद्यालयमा पढाउँदै आएका थिए ।

‘प्रअलाई घुस दिनका लागि शिवराज नगरपालिका पकडी घर भएका चिन्के प्रधानसँगै घर पुगेको थिएँ । उनलाई देखेपछि एक्लै आउन भनेका थिए । ८ कात्तिकमा माछापुच्छ्रे बैंक चन्द्रौटा शाखाबाट चेकमार्फत निकालिएको छ लाख ३० हजारमध्ये ३० हजार घर खर्च राखी बाँकी प्रअ हसनलाई बुझाएको थिएँ’, शिक्षक लडाइँले बताए ।

घटना सार्वजनिक भएपछि प्रअ हसनसँग स्पष्टीकरण माग्दै अनुसन्धान सुरु गरेको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । घटनाको विषयमा विहिबार गाउँपालिका न्यायिक समितिमा उजुरीसमेत परेको छ । 

रकम लिएको पुष्टि भएमा प्रअलाई कानुनअनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । न्यूजकारखानमा समाचार प्रकाशित छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 2%
  • 98%

प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयँसेवी विद्यार्थी परिचालन गरिनेः मुख्यमन्त्री सिँह

  • २०७८ कार्तिक १२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ ।  मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी

पूरा पढ्नुहोस्

Bureau Menus