एमाले धनुषामा विवाद, यी १६ पालिकामा अझै भएन अधिवेशन
केही वडाको अधिवेशन नभएको, सदस्यता नवीकरण नभएको जस्ता प्राविधिक समस्याले पालिका अधिवेशनमा ढिलाई भएको जिल्ला अध्यक्ष यादवले बताए । उनले भने, ‘केही प्राविधिक कठिनाइले १६ पालिकाको अधिवेशन हुन सकेन् , छिट्टै अधिवेशन हुन्छ ।’

२०७८ कार्तिक १२ शुक्रबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमाले धनुषामा चरम विवाद देखिएको छ । विवादका कारण १६ पालिकामा अधिवेशन हुन सकेको छैन् ।
कात्तिक ९ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डुस्थित केन्द्रीय कार्यालयबाटै भर्चुअल माध्यमबाट ७५३ वटै पालिकाको अधिवेशन उद्घाटन गरेको भनिएको थियो । तर सो दिन धनुषाका २ पालिकाले मात्र अधिवेशन गर्यो । १६ पालिकाको अधिवेशन अभैm अनिश्चित छ ।
एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा अधिवेशन सम्पन्न भएको बताए । उनका अनुसार बटेश्वर गाउँपालिका अध्यक्षमा रामखेलावन महतो निर्वाचित भएका छन् ।
उनको अध्यक्षतामा ६५ सदस्यीय कार्य समिति चयन गरिएको छ । यस्तै मिथिला नगरपालिकामा दीपक थापालाई अध्यक्ष बनाइएको छ । थापाको संयोजकत्वमा ७५ सदस्यीय कार्य समिति चयन भएको बताइएको छ ।
बटेश्वर र मिथिला बाहेकका पालिकामा अधिवेशन गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष यादवले जानकारी दिए । केही वडामा पनि अधिवेशन नभएका कारण पालिकाको अधिवेशन ढिलो हुने देखिएको छ ।
धनुषामा १६९ वडा छ, जसमध्ये १३० वडामा मात्र अधिवेशन सम्पन्न भएको छ । ३९ वडामा विवाद देखिएको छ । ती वडाहरुका अधिवेशन अनिश्चित बनेको छ ।
केही वडाको अधिवेशन नभएको, सदस्यता नवीकरण नभएको जस्ता प्राविधिक समस्याले पालिका अधिवेशनमा ढिलाई भएको जिल्ला अध्यक्ष यादवले बताए । उनले भने, ‘केही प्राविधिक कठिनाइले १६ पालिकाको अधिवेशन हुन सकेन् , छिट्टै अधिवेशन हुन्छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…