जनकपुरः जटही भन्सारमा कर्मचारी लिन्छन भोजभातको नाममा घुस, साँझ सबै कर्मचारी बाँडछन्
गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम लिने गरेको

२०७८ कार्तिक ११ बिहीबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जटही भन्सारका कर्मचारी हकाहाकी घूस माग्ने गरेको पाइएको छ ।
सवारी साधनको एक दिने निःशुल्क सुविधाका लागि कर्मचारीले भोजभात खर्च वापत घूस लिने गरेको पाइएको छ ।
काउन्टरमा बसेका कर्मचारीले दिनभरी असुल गरेको घूसको रकम साँझ सबै कर्मचारी एकआपसमा बाँडने गरेका छन् ।
राजनीति पहुँचले वर्षौदेखि जटही भन्सारमा रहेका कर्मचारीहरु हकाहाकी घूस माग्ने गरेका छन् । धनुषाको लगमा जटही छोटी भन्सारका कर्मचारीले निःशुल्क अस्थायी पैठारी सुविधाका लागि अतिरिक्त रकम लिएको पाइएको छ ।
नेपाल–भारत सीमा जटही नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम लिने गरेको पाइएको हो ।
‘क्यासलेस’ भन्सारको काउन्टरमा कर्मचारी नगद घूस लिएर मात्रै सेवा दिंदा भारतीय यात्रु नेपालमा ठगिएका छन् । भन्सारका कर्मचारीले प्रज्ञापन पत्र लिने काउण्टरमा कार्यालय सहयोगी बैजनाथ कर्णलाई खटाएर निःशुल्क सुविधा प्राप्त गर्ने भारतीय सवारी साधन बाहकबाट घूस असुल गर्दै आएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…