करणी मुद्दामा फरार थिए युवक, आज लास गाडेको अवस्थामा भेटियो 

धनुषाधाम नगरपालिका वडा नं. ५ का यादव विगत ५ महिनादेखि नै गाउँबाट भागेका थिए ।

२०७८ कार्तिक १० बुधबार
दिउसो ३:१६ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा बुधबार बिहान फेला परेको लासको पहिचान भएको छ । सो लास धनुषाको नौयसविघा गाउँका एक युवकको रहेको बताईएको छ । 

धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघा बस्ने श्रीकान्त यादवको अन्दाजी बर्ष २८ को छोरा अन्देश यादवको लास रहेको परिवारजनले पुष्टि गरेको छ । 

बुधबार बिहान धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरनदाहास्थित गाडेको अवस्थामा यादवको लास भेटिएको हो । त्यतिबेला सनाखत नभएपनि प्रहरीले उनका परिवारजनलाई ल्याएर सोधपुछ गर्दा उनको पछाडीको कपालको स्टाईल , घडी र पहिरनले सनाखत भएको हो । 

धनुषाधाम नगरपालिका वडा नं. ५ का यादव विगत ५ महिनादेखि नै गाउँबाट भागेका थिए । धनुषाधाम नगरपालिका वडा नं. २ काशिपुरस्थित एक महिलासँगको सम्बन्धका कारण उनी पक्राउ परी सोही प्रकरणमा गाउँ छाडेर भागेका थिए । 

उनलाई हत्या गरी फालिएको अवस्थामा फेला परेको हो । गत असोज २८ गते मात्रै यादव आफ्नो गाउँ आएको उनका परिवारजनले जनाएका छन् । २८ गते गाउँ आएका यादव पुनः भागेका थिए । 

उनका परिवारजनका अनुसार, सो महिला प्रकरणमा अन्य ४ जनामाथि मुद्दा लगाएकोमा अमदेशलाई मारेर फालेको हुन सक्ने अनुमान गरिएको छ । महिलासँगको काण्डमै उनलाई हत्या गरी फालेको हुन सक्ने अनुमान गरिएको छ । 

यद्यपी, प्रहरीले यसबारे कुनै अधिकारिक जानकारी दिएको छैनन् । प्रहरीका अनुसार, अहिले अनुसन्धानकै क्रममा रहेकोले अनुसन्धानपछि मात्र थप कुराहरु भन्न मिल्ने जनाएको छ । 

बुधबार बिहान मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरनदाहास्थित रहेको समुदायिक विद्यालयको पूर्व दक्षिण कुना र पर्शुराम तलाउदेखि पश्चिम दक्षिण कुनामा मान्छेको आवागमन नहुने स्थानमा उनलाई गाडेको पाईएको हो । 

कुकुर कागहरु हलचल गरेपछि स्थानीयहरुले हेर्न जाँदा त्यहाँ मानिसको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 80%
  • 20%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७८ कार्तिक १० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus