स्थानीय निकायको चुनाव बिना कुनै पार्टीको हुनुपर्छः यादव 

 वर्तमान निर्वाचन प्रणालीले गर्दा राजनीतिमा माफिया हावी हुँदै गएको उनले दावी गरे ।

२०७८ कार्तिक १० बुधबार
बिहान ०७:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको चुनाव दलविहीन हुनुपर्नेमा जोड दिएका छन् ।

जनता समाजवादी पार्टी नेपाल जनकपुरधाम उपमहानगर समितिले दीपावली तथा छठ पर्वका अवसरमा सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले स्थानीय निकायको निर्वाचन स्वतन्त्र छाड्नु पर्ने बताए । 

निर्वाचन आयोगले आउँदो चैत ५ भित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सिफारिस गरेको बेला अध्यक्ष यादवले यस्तो सुझाव दिएका हुन् । 

स्थानीय निकायको निर्वाचनलाई स्वतन्त्र छाडिएमा एउटै पार्टीबाट धेरै जनाले उम्मेदवारी दिन पाउने छन्, उनले भने–यसरी स्थानीय तहमा सक्षम नेतृत्व निर्वाचित हुने र विकृति अन्त्य हुन्छ ।’

 वर्तमान निर्वाचन प्रणालीले गर्दा राजनीतिमा माफिया हावी हुँदै गएको उनले दावी गरे । सामान्य नेताहरु चुनाव लड्ने आँट गरेको छैन, उनले भने–ठूलो धनराशी खर्चिने माफियाहरु मात्रै चुनावमा उठ्न थालेका छन् ।’ यही प्रक्रिया रहे आउँदो दिनमा मन्त्री, सांसद पनि उनीहरु नै हुने अध्यक्ष यादवको तर्क थियो ।

 ‘वर्तमान शासकीय प्रणालीले मुलुकमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि तथा राष्ट्र निर्माण गर्न नसकिने भएकाले शासकीय प्रणालीमा परिवर्तन आवश्यक रहेको बताए ।

प्रत्यक्ष जननिर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणालीमा जानुपर्ने धारणा उनले राखे । सरकारको निर्माण सांसदहरुले गर्नुहुँदैन, सांसदहरु सरकारको कामबाट बाहिर रहेमा विकृति हुँदैन, राष्ट्र प्रगतिशील हुँदै जाने उनले थपे । 

उनले बहिष्कृत ,अल्पसंख्यकको लागि समानुपातिक निर्वाचन प्रणाली ल्याईएको तर यो समानुपातिक होइन, विकृतिमूलक निर्वाचन प्रणाली रहेको उल्लेख गरे । 

राजनीति व्यापार नरहेको भन्दै विशुद्ध समाजसेवा र मुलुकको प्रगतिको लागि हुनु पर्नेमा उनले जोड दिए । अविरल वर्षाका कारण किसानहरुले भारी क्षति व्यहोर्नु परेको बताउँदै उनले तत्काल राहत उपलब्ध गरानुपर्नेमा माग गरे । 

कृषि प्रधान मुलुकमा कृषिमा आमूल परिवर्तन नभए सम्म मुलुकको अर्थतन्त्र बलियो नहुने पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले तर्क गरे ।

  • 54%
  • 19%
  • 8%
  • 4%
  • 4%
  • 2%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७८ कार्तिक १० बुधबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus