कसरी भयो होला ?

नेपाल प्रहरीको एक गोप्य पत्र लीक !

जानकारी अनुसार, प्रनीश चितवनमा निरन्तर यही काम गर्दै आएका छन् ।

२०७८ कार्तिक ९ मंगलबार
रति ८:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सुरक्षा निकाय नेपाल प्रहरीको एक गोप्य पत्र समाजिक सँजालमा लीक भएको छ । एक युवकले सो पत्र लीक गरिदिएको हो । 

नेपाल प्रहरीको प्रधान कार्यालय (हेडक्वाटर) ले प्रहरीलाई गरेको आन्तरिक कारवाहीको गोप्य पत्र चितवनका एक युवकले समाजिक सँजालमा लिक गरिदिएको हो । 

चितवन बस्ने प्रनीश थापा नामक एक युवकले आफू पत्रकार भन्दै प्रहरीहरुसँग ब्लैकमेल गरेको अडियो पनि सार्वजनिक भएको थियो । उनले फेरी पनि प्रहरीलाई गरिएको कारवाहीको पत्र समाजिक सँजालमा लीक गरिदिएका छन् । 

विभिन्न समयमा प्रहरीसँग ब्लैकमेल गरी रकम माग्ने आरोप लागेका थापाले यसपाली नेपाल प्रहरीको हेडक्वाटरबाट लेखिएको गोप्य पत्र नै फेसबुकमा सार्वजनिक गरिदिएका छन् । (पत्र गोप्य राखिएको)

पत्रमा तीन प्रहरीलाई आर्थिक लाभ लिएको र त्यस वापत कारवाही गरिएको उल्लेख छ । गत कार्तिक ५ गते नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरद्धारा हस्ताक्षरित सो जाहेरी पत्रमा प्रहरीलाई कारवाही गरिएको उल्लेख छ । 

सोही पत्रलाई कारवाही गरिएका प्रहरीको फेसबुक कमेन्टमा आफूलाई पत्रकार भन्ने थापाले कमेन्ट गरेर उनलाई जिस्काएको देखिएको छ । कारवाहीमा परेका प्रहरीले राखेको आफ्नो नीजि तस्विरमा प्रनीशले कारवाहीमा परेको पत्र राखिएका छन् । 

यस सन्दर्भमा नेपाल प्रहरीका प्रवक्ता कुँवरले पत्र कसरी लिक भएको बारे अनभिज्ञता प्रकट गर्दै अनुसन्धात तीव्र पारिएको बताए । उनले पत्रको बारेमा अन्य ठाउँबाट पनि जानकारी आएको बताउँदै सो सन्दर्भमा प्रहरीले अनुसन्धान सुरु गरेको न्यूज ब्यूरोसँग भने । 

चितवनको भरतपुरलाई कार्यक्षेत्र बनाएर विभिन्न सञ्चार माध्यमको पत्रकार बताउने प्रनिश थापाले प्रहरीसँग पैसा मागेको अडियो समाजिक सँजालमा भाईरल बनेको थियो ।

आफूलाई भण्डाफोर डटकम लगायत सञ्चार माध्यममा कार्यरत रहेको बताउने प्रनिसजंग थापाले प्रहरीका एक अधिकारीलाई पैसा आइएमइ गरिदिन भन्दै धम्कीपूर्ण रुपमा पैसा जम्मा गरे ठूला हाकीमलाई भनेर जोगाइदिने भनेको अडियो बाहिरिएको थियो । 

समाचारहरु प्रकाशित भएपछि प्रनिशले केही कथित अनलाईन मिडियामा आफ्नो स्पष्टोक्ति दिँदै मर्ने धम्की पनि दिएका थिए । जानकारी अनुसार, प्रनीश चितवनमा निरन्तर यही काम गर्दै आएका छन् । 

प्रनीशले प्रहरीमा अनलाईन उजुरी गर्ने र त्यसपछि प्रहरीलाई धम्काउँने, ब्लैकमेल गर्ने जस्ता कार्यहरुमा सँलग्न रहेको बताइएको छ । यसअघि २०७६ साल चैत्त ८ गते न्यूज ब्यूरोमा प्रकाशित समाचारप्रति उनले समाचार हटाउन धम्की दिएका थिए । 

प्रहरीलाई नै पत्रकारको यस्तो ’ब्लाकमेल’  ! (enewsbureau.com)


(यो समाचारमा नेपाल प्रहरीको सार्वजनिक भएको गोप्य पत्र गोपनीयताको दृष्टिकोणले गोप्य राखिएको छ । न्यूज ब्यूरोसँग सो पत्र अहिले सुरक्षित छ ।) 

  • 94%
  • 0%
  • 0%
  • 0%
  • 1%
  • 0%

जनकपुरको नैना हस्पिटलमा ८०० ग्रामको बच्चासहित आमालाई जोगाउन सफल

  • २०७८ कार्तिक ९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको नैना अस्पतालले आठ सय ग्रामको बच्चासहित गर्भवती आमा जोगाउन सफल भएको छ ।  धनुषाको औरही गाउँपालिका वडा नम्बर ३ कपटौलकी २६ वर्षीया निर्माला कुमारी मण्डलले आठ

पूरा पढ्नुहोस्

Bureau Menus