प्रहरीलाई नै पत्रकारको यस्तो ’ब्लाकमेल’ !
भन्छन्, जवाफमा प्रनिशले भन्छन्,‘मलाई आइएमइ गरिदिन्छौ ।

२०७६ चैत ८ शनिबार, राति ९:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अन्य निकायले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने सञ्चारकर्मी र पत्रकारहरु नै विभिन्न काण्डमा मुछिन थालेका छन् । अडियोमा प्रनिशले आफू आर्थिक दैनिकमा समेत कार्यरत रहेको बताएका छन् ।
प्रदेश नं. २ का पनि केही कहबैका पत्रकारहरुको यस्ता प्रवृतिले सिँगो पत्रकारिता क्षेत्र बदनाम भएको देखिएको छ ।
यस्ता कर्तुत भने जनकपुरको केही मुखौटाहरुमा समेत हाबी छ । विज्ञापनको लागि थर्काउने, नदिए लेखिदिने, छापीदिने जस्ता शब्दहरुको प्रयोग बढदैगएपछि एक पत्रकारको गोरख धन्धा बाहिर आएको छ ।
चितवनको भरतपुरलाई कार्यक्षेत्र बनाएर विभिन्न सञ्चार माध्यमको पत्रकार बताउने एक व्यक्तिले प्रहरीसँग पैसा मागेको अडियो समाजिक सँजालमा भाईरल बनेको छ ।
आफूलाई भण्डाफोर डटकम लगायत सञ्चार माध्यममा कार्यरत रहेको बताउने प्रनिसजंग थापाले प्रहरीका एक अधिकारीलाई पैसा आइएमइ गरिदिन भन्दै धम्कीपूर्ण रुपमा पैसा जम्मा गरे ठूला हाकीमलाई भनेर जोगाइदिने सम्मक भन्न भ्याएका छन् भनेर दियो पोष्टमा समाचार प्रकाशित गरिएको छ ।
‘म यता एआइजी केशरी सरले बोलाउनु भएर म हेटौंडा जाँदैछु । मलाई दिउँसै बोलाउनु भएको हो । ३ बजेतिर मलाई फोन हानेर बोलाउनु भएको थियो । अहिले म बिजि छु । म पछि आउँछु भनेँ ।
म हेटौंडातिर जाँदैछु । खैत भेट्छु भनेको मान्छे आएनौ,’ उनले अडियोमा भनेका छन् । फोनमा बोल्ने प्रहरी अधिकारीले ‘म घरमा थिएँ । भर्खर आइपुगेको आदि घण्टाजती भयो ।’– दियो पोष्ट अनलाईनमा उल्लेख छ ।
भन्छन्, जवाफमा प्रनिशले भन्छन्,‘मलाई आइएमइ गरिदिन्छौ । आइएमइ गर्देउ न त । म प्रदेश २ मा चुनावको रिपोर्टिङका लागि जान्छु । म चितवन हुँदिन । यो चुनाव सिद्धिए लगत्तै म आउँछु ।’
प्रहरी अधिकारीले भेटेरै कुरा गर्ने प्रस्ताव गर्छन् । तर, प्रनिशले आइएमइ नै गर्दिन भन्छन् । प्रहरी अधिकारीले प्रनिश थापाकै नाममा आइएमइ गर्ने हो भन्ने प्रश्न गर्छन् ।
पैसा माग्ने पत्रकारले प्रनिश थापाको स्पेलिङ भन्छन् । त्यस्तै टाँडीको आइएइमा गर्न समेत भन्छन् । ‘आइएमइ गर्देउ । अहिलेलाई टपिक बन्द गर्दिन्छु । तिम्रो बारेमा कसले सुचना दिइरहेको छ त्यो बारेमा पनि म बताइदिन्छु ।
त्योसित तिमी अलि अलर्ट भएर बस्नुपर्छ ,’ अडियो रेकर्डमा उनले भनेका छन्,‘त्यो मान्छेबाट स्रोत पाएको हो भनेर तिमीलाई मैले पछि भन्छु । त्यही भएर तिमीले मलाई आइएमइ गर्दिन्छौ ।’
चितवनमा पत्रकारीताको आवरणमा ब्ल्याकमेलिङ गर्दै आएका प्रनिश थापालाई केही महिनाअघि प्रहरी दिवसका अवसरमा तत्कालिन प्रहरी उपरिक्षक दान बहादुर मल्लले सम्मान समेत गरेका थिए ।
आर्थिक दैनिकले निकालेपछि प्राइम टाइम टिभिको रिपोर्टर
अडियोमा प्रनिशले आफू आर्थिक दैनिकमा समेत कार्यरत रहेको बताएका छन् । तर, उनलाई विभिन्न व्यक्तिसँग पैसा उठाएको खुलेपछि आर्थिक दैनिकले निष्काशन गरेको थियो ।
आर्थिक दैनिकले निकालेपछि उनी माउन्टेन टिभिमा पुगेका थिए । तर, माउन्टेन टिभिले समेत निकालेपछि भने उनी अहिले ऋषी धमलाद्वारा सञ्चालित प्राइमटाइम टेलिभिजनमा कार्यरत छन् ।
सन्दर्भ समाग्री : दियोपोष्ट डटकम : https://www.diyopost.com/03/77632/
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…