सिके राउतको बाटो 'जँगली राज' को प्रतिबिम्ब 

२०७८ कार्तिक ८ सोमबार
रति ८:३२ बजे
रवि नायक

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गत साताको बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरे ।

उनीहरुले जनकपुर वडा नं. ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्‍यवहार गरेका थिए । त्यति मात्र होइन जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको टोलीले कार्यालयबाटै कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गर्दै २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीहरुलाई शहर परिक्रमा गराउनु “जंगली राज” को प्रतिबिम्ब हो ।

लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली९बेइज्जती तथा कुटपाट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई नाङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक हो। 

खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख  माथी गरिएको हमला तथा अमानवीय व्यवहार ले मानव अधिकार को खिल्ली उडाएको छ । साथै पीडित व्यक्तिको मानसिक स्वास्थ्यमा घातक  प्रभाव परेको छ। 

यो घटना ले कानूनको धज्जी उडाको छ भने साथै देश ले जंगली सासन तर्फा मोडेको छ।  यो घटना प्रमाणीत गर्छ कि देश को कानूनी सासन कम्जोर छ र एउटा समुह ले देश मा जे छाए त्यो गर्न सकिन्छ र कानून भन्दा नि माथि एउटा समुह  हुन सक्छ।  सीके राउत समूह द्वारा सरकारी कर्मचारीहरु माथि  गरेको आक्रमण तथा अमानवीय व्यवहार ले लोकतन्त्रलाई एउटा ठूलो धक्का लागेको छ ।

यो यथार्थ हो कि विगतमा सरकारको कमीकमजोरीले केहि जनप्रतिनिधिहरु तथा राष्ट्रसेवक कर्मचारीहरु आफैंलाई आफ्नो क्षेत्रका न्यायको प्रबन्धक मान्छन् र यसैले कानूनलाई आफ्नै हातमा लिन मन पराउँछन् । जुन कानून विपरित हो र एस्ता गलत कार्य को प्रतिकार गर्नु पर्छ तर कानूनको अधिनमा रहि। 

दुःखद बस राउतको कार्यकर्ता द्वारा अपनाएको बिधि एक गलत नजिर स्थापित गरेको छ र देश मा अरज्कर्ता तथा समूहले जे नि गर्न सक्ने आभाष दिएको छ। भ्रष्टाचार रोकिनु पर्छ तर कानुनलाई हातमा लिएर हैन्। 

कुनै पनि व्यक्तिले अपराध गर्यो भने त्यसलाई कानुन र प्रशासनको दायरामा ल्याउनु पर्यो नकि यस्तो अमानविय र दुव्र्यवहार। कपडा च्यातेर, अर्धनग्न बनाइ, थाल लगाई जनकपुर परिक्रमा गरायो, त्यो पनि गुण्डागर्दी शैलीमा । 

एक छिनलाई मानौ, कुनै चिकित्सकद्वारा केहि भुल चुक कुनै प्रकार को गल्ति भए वा कुनै वकिलद्वारा मुद्दा जित्न सकेन भने के हामी सबलाई समुहको अधिनमा रहि अमानवीय व्यवहार र आक्रमण  गर्ने छौ?  यदि नेपाल सरकारले यो घटनाको  विस्तृत छानबिन नगरी र अपराधीलाई सजाई नदिए देशमा जंगली शासन हुने छ र एउटा समुहले जे चाहे त्यो हुनेछ।  भ्रष्टाचार गर्नु अपराध हो तर पार्टीको आडमा कसैलाई यस्तो दुव्र्यवहार गर्नु कतिको जायज हो ?

 प्रायःजसो, जब राजनीतिज्ञ वा कर्पोरेट लबीस्टहरूले सरकारी राष्ट्रसेवक  कर्मचारीहरूलाई आक्रमण गर्छन्, तिनीहरू दावी गर्छन् कि उनीहरूले गैर–युनियन निजी क्षेत्रका कडा परिश्रम गर्ने करदाताहरूलाई मद्दत गर्न काम गरिरहेका छन् , तर वास्तविकता चाही आफ्नो स्वार्थ पुरा गर्नु हुन्छ र देश को शान्ति व्यबस्था माथिको आक्रमण हो । 

कुनै राष्ट्रसेवक कर्मचारीले गल्ती गरेको खण्डमा त्यसलाई दण्डित गर्ने अनेकन कानुनी प्रवधान हुँदाहुँदै राउतका कार्यकर्ताहरूले कानुनी राज्यलाई उपहास गरेको छ । राउत को कार्यकर्ता द्वारा गरेको कार्य को नीति सही भएपनि बिधि सही भएन र हामीले अबगत हुनु पर्छ कि कुनै पनि देशको कानुन र संविधान भन्दा ठूलो कोही हुदैन। 

आज एउटा समुहले कोहि माथि अमानवीय व्यवहार र आक्रमण गरे र यही नजिर ले अरु दिन अर्को  समुह ले कोहि अरु माथि अमानवीय व्यवहार र आक्रमण गर्ला, अनि क येही हो समाधान र देश को भविष्य हो ?

यो घटना ले कानूनको धज्जी उडाको छ भने पिडित को मानब अधिकार पनि हन्नन भएको छ।  हाम्रो छिमिकी मुलक इंडियामा कुनै पनि राष्ट्रसेवकलाई बाधा गर्ने कार्य वा आक्रमण गरे भारतीय दंड संहिताको धारा ३३२ अन्तर्गत थप तीन वर्ष  सजाय को वेवास्ता छ, जुन हाम्रो देशले नि अपनाउनु पर्ने हो।  

पिडितको लागि हाम्रो देश को मुलुकी अपराध (संहिता) ऐन, २०७४ को  दफा ११८ (अभद्र व्यवहार गर्न नहुन) जस अन्तर्गत एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । दफा  १६८ (अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुन) जस अन्तर्गत पाँच वष सम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना ।

दफा  १९१  (कुटपिट गर्न नहुन) जस अन्तर्गत तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ः र दफा  २८५ (आपराधिक उपद्रव गर्न नहुन) जस अन्तर्गत चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबाना हुने भने बेवास्ता को प्राबध उपयोग गरि आफ्नो अधिकार सुनिचित गर्नु पर्छ र अपराधी लाई सजाई दिनु पर्छ।  ताकी भविष्यमा एस्तो कानूनको धज्जी उडाउने कार्य न होस्।  

राउतको समुह ले कानूनी उपचारको बाटो चुन्नु पर्ने थियो र कानूनी प्रक्रिया अपनाउनु पर्ने थियो।  होइन भने ऊहा कहाँ जनताको समर्थन छ भने शान्ति पूर्वक  ले सरकार माथि दबाब दिनु पर्ने थियो।  उहाँ र ऊहाँको समुह द्वारा अपनाएको बाटो एउटा जंगली राजको बाटो हो र यसले देशमा अशान्ति , डर, त्रास , अराजकता तथा अत्याचारको माहौल निम्ताउने छ।


लेखक : रवि नायक , कानून अध्ययनरत विद्यार्थी, नेशनल ल स्कूल अफ इंडिया यूनिवर्सिटी, बंगलोर इंडिया

  • 4%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय सेनाको हेलिकप्टर दुर्घटना: १४ मध्ये १३ जनाको मृत्यूको पुष्टि, DNA बाट लास पत्ता लगाउने

  • २०७८ कार्तिक ८ सोमबार

न्यूज ब्यूरो, भारत । भारतीय सेनाको प्रधानसेनापति विपिन रावत बोकेको भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा १४ जना सवारमध्ये १३ जनाको मृत्यू भएको पुष्टि भएको छ ।  प्रधानसेनापति विपिन रावत बोकेको सेनाको

पूरा पढ्नुहोस्

Bureau Menus