बलिवुडका लेजेन्ड्री गायक 'कुमार सानु' जनकपुर आउँदै

स्टेज शोको लागि टिकट दर भने अहिले तोकेको छैनन् । 

२०७८ कार्तिक ७ आइतबार
बेलुकी ७:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुड जगतका लेजेन्ड्री गायक भनिने कुमार सानु (सानु दा) जनकपुर आउने भएका छन् । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित गायक कुमार सानु पहिलो पटक आउन लागेका हुन् । कुमार सानु जनकपुर आउने भएपनि उनका फ्यानहरुमा उत्साह बढेको छ । 

जनकपुरधाम मुजेलियास्थित रहेको होटल राजदरबारमा आउँदो कार्तिक २७ गतेको प्रस्तुति रहेको जनाइएको छ । ब्लुवर्ड इन्टरटेन्मेन्ट एचडीले जनकपुरमा कुमार सानुको स्टेज शो आयोजना गरेको हो ।

सो होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय चर्चित गायक कुमार सानुको एकल प्रस्तुती रहने छ ।

आयोजक संस्थाका भिभोर पोखरेलका अनुसार त्यो कार्यक्रममा नेपाली गायक सुगम पोखरेल मोडेल पुजा ठाकुर, रोशन पराजुली र सुशिल नेपालको पनि प्रस्तुती रहने छ ।

स्टेज शोको लागि टिकट दर भने अहिले तोकेको छैनन् । 

कुमार सानुले बलिवुड जगतमा आफ्नो स्वर मार्फत नाम बनाएका छन् । बलिवुडमा उनको अमूल्य देन रहेको छ । बलिवुडको 90's को फिल्महरुमा प्रायः सबै फिल्महरुमा उनकै गीत रहेको छ । 

  • 50%
  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ कार्तिक ७ आइतबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }