बलिवुडका लेजेन्ड्री गायक 'कुमार सानु' जनकपुर आउँदै
स्टेज शोको लागि टिकट दर भने अहिले तोकेको छैनन् ।

२०७८ कार्तिक ७ आइतबार, बेलुकी ७:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुड जगतका लेजेन्ड्री गायक भनिने कुमार सानु (सानु दा) जनकपुर आउने भएका छन् ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित गायक कुमार सानु पहिलो पटक आउन लागेका हुन् । कुमार सानु जनकपुर आउने भएपनि उनका फ्यानहरुमा उत्साह बढेको छ ।
जनकपुरधाम मुजेलियास्थित रहेको होटल राजदरबारमा आउँदो कार्तिक २७ गतेको प्रस्तुति रहेको जनाइएको छ । ब्लुवर्ड इन्टरटेन्मेन्ट एचडीले जनकपुरमा कुमार सानुको स्टेज शो आयोजना गरेको हो ।
सो होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय चर्चित गायक कुमार सानुको एकल प्रस्तुती रहने छ ।
आयोजक संस्थाका भिभोर पोखरेलका अनुसार त्यो कार्यक्रममा नेपाली गायक सुगम पोखरेल मोडेल पुजा ठाकुर, रोशन पराजुली र सुशिल नेपालको पनि प्रस्तुती रहने छ ।
स्टेज शोको लागि टिकट दर भने अहिले तोकेको छैनन् ।
कुमार सानुले बलिवुड जगतमा आफ्नो स्वर मार्फत नाम बनाएका छन् । बलिवुडमा उनको अमूल्य देन रहेको छ । बलिवुडको 90's को फिल्महरुमा प्रायः सबै फिल्महरुमा उनकै गीत रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…