जनकपुरमा पनि भाटभटेनी सुपर मार्केट बन्दै
त्यही अवधिमा नै जनकपुरमा पनि भाटभटेनीले सुपरमार्केट निर्माण गरिसने लक्ष्य लिएको छ ।

२०७८ कार्तिक ७ आइतबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित पनि भाटभटेनी सुपर मार्केट (मल) को निर्माण कार्य थालिएको छ ।
मुलुकभरी नै चेन सुपरमार्केट सञ्चालन गरिरहेको भाटभटेनीले जनकपुरमा पनि आफ्नो भवनको निर्माण थालेको छ । देशको विभिन्न शहरमा सेवा दिँदै आएको सुपरमार्केट अब जनकपुरमा पनि बन्न लागेको हो
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ को मुजेलियास्थित रमण टाबरसँगै दक्षिणपटि टाँसिएको जग्गामा भाटभटेनीले सुपरमार्केटको निर्माण कार्य थालेको हो।
रमण कन्ट्रक्शनसंग हालै करिव दुई कठ्ठा जग्गा खरिद गरेका भाटभटेनीले त्यहाँ सुपरमार्केटको निर्माण गरिरहेको जनाइएको छ ।
जनकपुर प्रवेश गर्ने सहीद गेटनजिकै भाटभटेनी सुपरमार्केटको निर्माण भइरहेको छ । भाटभटेनीले आफ्नो भवन ६ देखि ९ महिनाभित्रमा निर्माण सकिरहेको छ ।
त्यही अवधिमा नै जनकपुरमा पनि भाटभटेनीले सुपरमार्केट निर्माण गरिसने लक्ष्य लिएको छ ।
निर्माण समयमै सकिए नयाँ वर्ष बैशाखदेखि जनकपुरमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आउने बताइएको छ ।
जनकपुरको केही चोकहरुस्थित स–साना सुपरमार्केट सँचालनमा रहेपनि भाटभटेनी जस्तो ठुलो सुपर मार्केट समेत बन्न लागेको हो । काठमान्डौँ, ईटहरी पोखरा, भक्तपुर लगायतका ठाउँमा ठुलो सुपरमार्केट सँचालनमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…