प्रदेश २ का ईन्जिनीयरहरुमा डा. सिके राउतको त्रास
पत्रकार सम्मेलनमा उनीहरुको अनुहारमा त्रास झल्किरहेको थियो ।

२०७८ कार्तिक ७ आइतबार, बिहान ९:३१ बजे२ मिनेट पढाइ
पत्रकार सम्मेलनमा उनीहरुको अनुहारमा त्रास झल्किरहेको थियो ।

२०७८ कार्तिक ७ आइतबार, बिहान ९:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का ईन्जिनीयरहरुमा डा. सिके राउतको त्रास देखिएको छ । उनीहरुले डरले कामै नगरी घर बस्ने मुडमा देखिएका छन् ।
सीके राउतको सचिवालयबाट आएको धम्कीपूर्ण वक्तव्य मानवता विरोधी रहेको भन्दै सुरक्षाको प्रत्याभूति नभए कामकाज ठप्प पारी साँचो सरकारले बुझाउने भएको छ ।
नेपाल ईन्जिनियर्स एशोसिएसन प्रादेशिक केन्द्र जनकपुरधामले शनिवार पत्रकार सम्मेलन गरी सीके राउतको धम्की पूर्ण अभिव्यक्तिले यहाँ काम गर्ने बातावरण नरहेको भन्दै उनीहरुले कामकाज ठप्प पारी सरकारलाई साँचो बुझाउने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा एशोसिएनका अध्यक्ष नन्द किशोर यादवले ईन्जिनियरहरुको सुरक्षा संग हामी कुनै सम्झौता गर्न नसक्ने अवस्थामा रहेकोले सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेज मार्फत फोटो सहित धम्कीपूर्ण भाषामा गरिएको पोष्टले ईन्जिनीयरहरुमा त्रास बढेको बताएका छन् । अध्यक्ष यादवले सो पोष्टलाई निन्दनीय र खेदपूर्ण रहेको बताए ।
दोषीमाथि कडा कारवाही गरी राज्यले ईन्जिनियरहरुको सुरक्षाको प्रत्याभूति दिलाउन नसके हामीले पेन डाउन गरी साँचो सरकारलाई बुझाउ जानकारी दिए । पत्रकार सम्मेलनमा उनीहरुको अनुहारमा त्रास झल्किरहेको थियो ।
जुलुशमा सहभागी ईन्जिनियरहरु को– को हुन त्यसलाई चिनिराख भनि किटान गरेर धम्की दिनु अलोकतान्त्रिक र छापामार शैली अपनाएर यहाँ आतंक सृजना गरेको आरोप लगाउँदै ईन्जिनीयरहरु त्रसित भएको बताए ।
‘राउतको सचिवालयबाट जारी बक्तव्य अपराधिक मात्र होइन, आतंकी शैली इन्जिनियरहरु स्वीकार नगर्ने र इन्जिनियरहरुलाई कम नठान्न एसोशिएसनका सचिव अजितकुमार यादवले सीके राउतलाई चेतावनी पनि दिए ।
दोषीमाथि कडा कारवाही गर्न प्रहरी प्रशासनले आलटाल गरे देशभरकै ईन्जिनियरहरु आन्दोलित हुने चेतावनी केन्द्रीय सदस्य लक्ष्मण यादवले दिए । एशोसिएनले चरणबद्ध आन्दोलनको क्रममा आइतवार जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, मानवअधिकार आयोगको कार्यालय जनकपुरधाममा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको सो पत्रकार सम्मेलनमा जानकारी दिए ।
ईन्जिनियरहरुलाई सुरक्षाको प्रत्याभूति गराउने माग सहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरधामको परिसरमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने एशोसिएनले जनाएको छ ।
त्यसै गरी एशोसिएनले कार्तिक ७ देखि ९ गते सम्म बिहान १० बजेदेखि १२ बजे सम्म सरकारले तोकेको अत्यावश्यक सेवा बाहेकका कार्यस्थलमा पेन डाउन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । त्यसपछि पनि ईन्जिनियरहरुको माग सम्बोधन नगरिए कार्तिक ९ गते पछि थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
किन हुन्छ यस्तो ?
२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१५ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१८ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२३ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…