अँचल अस्पताल पसेर डाक्टर कुटिदाँ केही नबोलेका पार्टीका सँगठनहरु ईन्जिनीयर कुटिदा छटपटी
स्वास्थ्यकर्मीमाथि दुरव्यवहार र अमानवीय व्यवहार हुँदा कुनै पनि चिकित्सकहरुको सँघ सँगठनले समेत यसरी आन्दोलन गरेका थिएनन् ।

२०७८ कार्तिक ६ शनिबार, बेलुकी ५:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पताल (अँचल अस्पताल) का एक स्वाथ्यकर्मीलाई अस्पताल पसेर कुटपिट गरेपनि केही नबोलका जनकपुरका राजनीतिक पार्टीका भातृ सँगठनहरुले ईन्जिनीयर कुटिँदा अमानवीय भनेर आक्रोस पोखेका छन् ।
गत भदौ १७ गते दिउँसो ३ः२२ बजे एक समूहले प्रादेशिक अस्पताल जस्तो सँवेदनशिल क्षेत्रभित्र पसेर स्वास्थ्यकर्मीलाई कुटपिट गर्दा जनकपुरको कुनै पनि सँघ सँगठनले केही नबोलेपनि ईन्जिनीयर कुटिँदा राजनीतिक पार्टीका भातृ सँगठन देखि लिएर जातजातीको सँगठनहरुले समेत आक्रोस पोखेका छन् ।
अस्पतालमा पसेर सरकारी कर्मचारी (स्वास्थ्यकर्मी) लाई सामुहिक कुटपिट गरी उनको कपडा च्यातेका थिए । अस्पतालमा स्वास्थ्यकर्मीसँग सामुहिक रुपमा कुटपिट गरी अमानवीय व्यवहार गर्दा पनि कुनै राजनीतिक दल, त्यसका भातृ सँगठन वा कुनै जातीहरुको सँगठनले चुप्पी लादेका थिए ।
प्रादेशिक अस्पतालमा पसेर ड्युटीमा रहेको स्वास्थ्यकर्मीलाई (नाम गोप्य राखिएको) कुटपिट गर्दै भुई तल्लामा रहेको टिकट काउण्टर स्थित सार्वजनिक स्थलमा सयौँ जनाको बीचमा कपडा च्यातेर कुटपिट गरी अमानवीय व्यवहार गर्दा जनकपुरका केही मिडियाहरुले समेत चुप्पी लादेका थिए ।

गत विहिबार डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरस्थित रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका डि.ई. राजेश कुश्वाहालाई सोही शैलीमा कुटपिट गरी कपडा च्यातेपछि अमानवीय भन्दै विभिन्न राजनीतिक दल, जातीय सँगठन, भातृ सँगठनहरुले अमानवीय भन्दै विज्ञप्ति जारी गरेका छन् ।
स्वास्थ्यकर्मीमाथि दुरव्यवहार र अमानवीय व्यवहार हुँदा कुनै पनि चिकित्सकहरुको सँघ सँगठनले समेत यसरी आन्दोलन गरेका थिएनन् । ईन्जिनीयर कुटिँदा विभिन्न राजनीतिक दलको भातृ सँगठन रहेको ईन्जिनीयरहरुको सँगठन, जातीय सँगठन, राजनीतिक दलको कार्य समितिले विज्ञप्ती जारी गरी अमानवीय ठहर गरी कारवाहीको माग गर्दैछन् ।
जनकपुरको प्रादेशिक अस्पतालमा विभिन्न समयमा भएको यस्ता अमानवीय व्यवहारप्रति जनता समाजवादी पार्टीले कहिले पनि विज्ञप्ति जारी गरेको देखिएको छैनन् । यादव जातीहरुको जातीय सँगठन गोपाल सेवा समितिले समेत अमानवीय भन्दै कारवाहीको माग गरेका छन् भने स्वास्थ्यकर्मी कुटिँदा बोलेको थिएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…