जन–कारवाही प्रकरण

अब मेयर, साँसद र मन्त्रीलाई पनि यस्तै जन–कारवाही हुन्छ: डा. सिके राउत

उनले जनताको भोँट मात्र लिएर उनीहरुलाई सास्ती दिनेलाई सरकारको अँगहरुले काम गर्न छाडेपछि जनताले स्वयँम कारवाही गर्ने चेतावनी दिएका छन् । 

२०७८ कार्तिक ५ शुक्रबार
बिहान ०९:५७ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले विहिबार जनकपुरमा भएको जस्तै जनकारवाही मेयर, वडाध्यक्षलाई मात्र नभई साँसद र मन्त्रीलाई पनि हुने चेतावनी दिएका छन् । 

डा. सिके राउतको सचिवालयबाट जारी गरिएको डिजिटल वक्तत्वमा डा. राउतले भ्रष्टाचारी गर्ने र आम नागरिकलाई दुःख दिने सार्वजनिक निकायका व्यक्तिलाई जनकारवाही गरिने बताएका छन् । 

उनले – ‘जनतामा धेरै डिमान्ड छ मेयरको। मेयर मात्रै हैन, सुध्रेन भने सांसद् र मन्त्रीको पनि जनकारबाही हुनेछ। जरा सब्र तो करो और देखते जाओ  ९सुने अनुसार खासमा हिजो जनताले मेयरलाई नै खोजेका थिए, तर मेयर भागेर लुके ।,’ भनेर भनेका छन् ।

बिहीवार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई नै जन–कारबाहीका लागि प्रदर्शनकारीले खोजेको भएपनि उनी लुकेर भागेपछि संघीय खानेपानी तथा ढल आयोजनाका कर्मचारीलाई जनकारवाही गरिएको बताएका छन् । 

नगरप्रमुख साह नभेटिएपछि राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै बन्धक बनाई हिलो छ्यापेर अर्धनग्न गरि जनकपुर घुमाएका थिए ।

राउतको बसोबास रहेको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा क्षेत्रमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै उनलाई जनकारबाही गरिएको जनमत पार्टीको दावी छ ।

जनमत पार्टीका कार्यकर्ताहरुले विहिबार देखाएको व्यवहारलाई अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुले अराजक भन्दै आलोचना गरेको छ । विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका ईन्जिनीयरहरुको छाता सँगठनहरुले पनि डा. राउतलाई कारवाहीको माग गरेको हो ।

डा. राउतले विभिन्न स्थानीय तहका मेयर, उपमेयर, वडाध्यक्ष मात्र नभएर साँसद, मन्त्रीलाई पनि जनताले जनकारवाही गर्न सक्ने चेतावनी दिएका छन् । उनले जनताको भोँट मात्र लिएर उनीहरुलाई सास्ती दिनेलाई सरकारको अँगहरुले काम गर्न छाडेपछि जनताले स्वयँम कारवाही गर्ने चेतावनी दिएका छन् । 

  • 25%
  • 8%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७८ कार्तिक ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus