जनमत पार्टीको अराजकता कदापी स्वीकार्य हुँदैनः जसपा युवा नेता यादव
विहिबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका डिई राजेश कुशवाहालाई भ्रष्टाचार गरेको भन्दै कपडा च्यातेर बजार घुमाएका थिए ।

२०७८ कार्तिक ४ बिहीबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता नविन यादवले जनमत पार्टीको अराजकता कदापी स्वीकार्य नहुने बताएका छन् ।
जनकपुरमा विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले एक सरकारी कर्मचारीसँग गरेको व्यवहार अराजक रहेको ठहर गर्दै उनले यस्तो अराजकता स्वीकार नहुने चेतावनी दिएका छन् ।
उनले मुलुक विखण्डनको मुद्दामा केपी ओलीको जुत्तामा नाक रगडेर अस्तित्व गुमाउँदा मधेश आन्दोलनमा समेत उनको विखण्डनको राजनीतिले क्षति पुरयाएको औल्याउँदै उनका कार्यकर्ताहरुले अराजकता प्रदर्शन गरेको आरोप लगाएका छन् ।
आफूलाई नासाको बैज्ञानिक भनेर भन्दै आएका डा. राउतले ४ महिनाकै जेलमा सातो उडेपछि केपी ओलीसँग गएको बताएका छन् । उनका कार्यकर्ताहरु गरेको अराजकताको हिसाबकिताब हुने चेतावनी समेत दिएका छन् ।
विहिबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका डिई राजेश कुशवाहालाई भ्रष्टाचार गरेको भन्दै कपडा च्यातेर बजार घुमाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…