जसपा भनेको भ्रष्टाचारीहरुको झुण्ड होः पूर्व मन्त्री अरगरिया
अख्तियारले छापा मारेपछि मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्नेमा नदिइएको उनले बताए ।

२०७८ कार्तिक १ सोमबार, दिउँसो ४:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाले जनता समाजवादी पार्टी (जसपा) भ्रष्टाचारीहरुको झुन्ड रहेको बताएका छन् ।
चाडपर्वलाई लक्षित गरी जनकपुरधाममा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता अरगरियाले उक्त कुरा बताएका हुन् । उनले भ्रष्टाचार भएकै कारण अख्तियारले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छापामारी गरेको बताए ।
साइकल खरीदमा अनियमितता गरेपछि अख्तियारले छापामारी गरेको भन्दै उनले साइकल चोरलाई बचाउन मसाल जुलुस निकालिएको बताए ।
अख्तियारले छापा मारेपछि मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्नेमा नदिइएको उनले बताए ।
उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा गर्न नसकेका काम आफूहरुले १८ दिनमा गरेर देखाइदिएको उनले बताए । ‘हामीले मधेश आन्दोलनका क्रममा लागेका २ सय भन्दा बढी मुद्दा फिर्ता गराएको, संविधान संशोधनको प्रकृया शुरु गरायौं’ उनले भने ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका अरगरियाले दुई तिहाईको प्रदेश सरकारलाई अबिलम्ब प्रदेशको नामाकरण गर्नुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…